default_image

12 months ago

May 19, 2023

‘राजनीतिक प्रतिशोधका आधारमा हटाइयो’- वाग्ले

हिमाल खरेल, बिर्तामोड कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएपछि अन्योलमा रहेका प्रतियोगिताहरु असार १५ गतेभित्र सम्पन्न हुने बताएका छन् । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरी काम गरेको भन्दै वाग्लेलाई बर्खास्त गरिएको सरकारको […]

195 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएपछि अन्योलमा रहेका प्रतियोगिताहरु असार १५ गतेभित्र सम्पन्न हुने बताएका छन् ।

कोशी प्रदेश मुख्य मन्त्री हिक्मत कार्की (दायाँ) का साथ सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र हंशराज वाग्ले (बायाँ) । फाइल तस्बिर

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरी काम गरेको भन्दै वाग्लेलाई बर्खास्त गरिएको सरकारको भनाइ छ ।

वाग्लेलाई दुईपटक स्पष्टीकरण सोधे पनि चित्त बुझ्दो जवाफ नदिएका कारण सामाजिक विकास मन्त्रालयको सिफारिसमा बर्खास्त गर्ने निर्णय गरिएको थियो ।

गत बैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै उनलाई मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो ।

‘असार १५ सम्म प्रतियोगिता हुन्छन्’ -मन्त्री राजभण्डारी
मन्त्री राजभण्डारीले यसअघि निर्णय भएका सबै प्रतियोगिताहरुको मिति हेरफेर गरेर भए पनि सम्पन्न गर्ने जानकारी दिए । ’सदस्य सचिवको बर्खास्तीपछि हुन बाँकी खेलहरु जेठ मसान्तदेखि असार १५ सम्ममा गर्नसक्ने खेलहरु हुन्छन्’, मन्त्री राजभण्डारीले भने ।

उनले चाँडै नयाँ सदस्य सचिवको नियुक्ति गर्ने मन्त्रालयको तयारी रहेको जानकारी दिए । वाग्लेले राजनीतिक प्रतिशोध साँध्न बर्खास्त गरिएको आरोपको उनले खण्डन गरे । ’प्रतियोगिता गर्नै नसक्ने अवस्था भए रोक्नुपर्थ्यो’, मन्त्री राजभण्डारीले भने, ’कि अवस्थाबारे जानकारी गराएर मेरो आदेश माग्नु पर्थ्यो, सल्लाह गर्नु पर्थ्यो।’

वाग्लेकै कमिकमजोरीका कारण बर्खास्त गरिएको उनले बताए । ’राजीनितक प्रतिशोधबाट हटाइएको भए अन्य पदाधिकारीलाई पनि बर्खास्त गरिन्थ्यो होला नि’, मन्त्री राजभण्डारीको प्रश्न थियो, ’वाग्लजीकै गल्तीका कारण सरकारले हटाएको हो ।’

हुकुमी शैलीमा निर्णय गरियो‘-वाग्ले

सदस्य सचिव वाग्लेले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई हटाइएको बताए । आफूले राम्रो गरेको र मन्त्रीको बदमासीका कारण बर्खास्त गरिएको जानकारी दिए । पटकपटक स्पष्टीकरण सोध्दै मन्त्रीले कानुनी राज्यमा हुकुमी शैलीमा निर्णय गरिएको उनले दाबी गरेका छन् । ’हुँदै नभएको आरोपमा, मन्त्री आफू स्वयम् उपस्थित हुन नसक्ने अनि मलाई कारबाही गर्ने’, वाग्लेले प्रश्न गरे ।

विषम परिस्थितिमा पनि आफूले राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको उनले जिकिर गरे । प्रतियोगिता उद्घाटनमा मन्त्री आउने बुझेर प्रदेशको नाम कोशीको विरोधमा रहेका पहिचानवादीहरु कालो झण्डासहित प्रदर्शनमा उत्रिएका थिए ।
वाग्ले तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा नेकपा एकीकृत समाजवादीको कोटामा सदस्यसचिव नियुक्त भएका हुन् । सामाजिक विकासमन्त्री राजभण्डारी नेकपा एमालेका हुन् ।

प्रतियोगिता नभए २ करोड रुपैयाँ फ्रिज हुने

समयमै प्रतियोगिताहरु नभए जेठ मसान्तसम्म हुनेगरी यसअघि निर्णय भएका एक दर्जन प्रतियोगिताका लागि विनियोजित रकम फ्रिज हुनेछ । ती प्रतियोगिताहरुका लागि झन्डै २ करोड रुपैयाँ विनियोजना गरिएको छ ।

खेलकुद विकास बोर्डको गत चैत १६ गते प्रदेशका विभिन्न जिल्लामा खेलकुदका प्रतियोगिता आयोजना गर्ने र प्रतियोगिताका लागि २ करोड बजेट छुट्याएको थियो । प्रदेश सरकारले बोर्डको बैंक खाता रोक्का गर्दै सदस्य सचिव वाग्लेलाई हटाएपछि जेठ मसान्तभित्र गरिसक्नुपर्ने उक्त प्रतियोगिताहरु अनिश्चित बनेका छन् ।

बोर्डले जेठ १ गतेदेखि ७ गतेसम्म ओखलढुंगामा मुख्यमन्त्रीकप पुरुष फुटबल प्रतियोगिता, जेठ पहिलो हप्ता विराटनगरमा सम्पन्न गर्नुपर्ने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको थियो । बोर्डले फुटबलका लागि ३० लाख र महिला तालिमका लागि १० लाख रुपैयाँ छुट्याएको थियो ।

बोर्डले जेठ ९ देखि ११ गतेसम्म भोजपुरमा प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता, जेठ १४ देखि २० गतेसम्म विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता गर्ने निर्णय गरेको थियो । जेठ १२ देखि १३ गतेसम्म बिर्तामोड झापामा शारिरीक सुगठन प्रतियोगिता, जेठ १८ गतेदेखि २१ गतेसम्म इटहरीमा मुख्यमन्त्रीकप महिला रात्रिकालीन भलिबल प्रतियोगिता गर्ने बोर्डको निर्णय थियो । बोर्डले महिला भलिबल प्रतियोगिताका लागि २५ लाख, शारिरीक सुगठन र तेक्वान्दोको लागि १५–१५ लाख र टेनिसको लागि २५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

त्यस्तै, जेठ १७ देखि १९ गतेसम्म इटहरीमा राष्ट्रिय पौडी प्रतियोगिता, जेठ २२ देखि २५ गतेसम्म उदयपुरमा प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता, जेठ दोस्रो हप्ता मोरङ र सुनसरीमा अपांगता भएका व्यक्तिहरुका लागि पारा ओलम्पिक प्रतियोगिता गर्ने निर्णय गरिएको थियो । बोर्डले पौडी र बक्सिङगका लागि १५–१५ लाख र पारा ओलम्पिकका लागि २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

April 29, 2024

ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद

हिमाल खरेल,बिर्तामेड कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटको तयारी पूरा भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी भएको बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । वैशाख १९ गते मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट सुरु हुने कार्यक्रम इटहरी, बिर्तामोड […]

April 28, 2024

महिला हक्की – सेमिफाइनलमा आर्मी र मधेश भिड्ने

धुलिखेल (हाम्रो खेलकुद) – छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको खेलमा आर्मी समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। आर्मीले अब सेमिफाइनलमा मधेश प्रदेशको सामना गर्ने छ । त्यस्तै समूह बी को विजेता बनेको सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । आइतबार […]

April 28, 2024

राजन र मिलन अगाडि

ललितपुर (हाम्रो खेलकुद) – झापाका राजन सुवेदी र काठमाडौंका मिलन लामा ५ अंक सहित नवौं गणेशमान सिंह स्मृति रेटिङ क्लासिक बुद्धिचालमा संयुक्तरूपमा शीर्षस्थानमा रहेका छन् । आयोजक क्लबबाट खेलेका राजन ५ खेलमा ५ जितसहित नकआउट तर्फ अग्रसर भएका छन् । उनले ललितपुरका सोम आले माथि पिस अप हुँदै जित निकालेका हुन्। नेपाल लोकतान्त्रिक खेलकुद संघ […]

Success

Thank you for your time.