3 years ago
May 21, 2023
दोलखा (हाम्रो खेलकुद) –पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा संचालन भइरहेको दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा छैटौं चरणको समाप्तीमा नेपाली पुरुषोत्तम सिलवाल भारतीय खेलाडीका साथ संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् ।

तेस्रो दिन आइतबार १४ बर्षिय पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गर्दै साढे ५ अंक जोडेका छन् । पुरुषोत्तम भारतका इन्द्रजित महिन्द्रकार र अंकित नारायण विश्वाससंग संयुक्त अग्रता लिएका छन् । पुरुषोत्तमले छैटौं चरणको खेलमा पुर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंलाई माथ दिए भने पाँचौ चरणको खेलमा भारतका इन्द्रजित महिन्द्रकारसंग बराबरी खेले । इन्द्रले छैटौं चरणको खेलमा भारतकै धनविर सिंहलाई निरास बनाए ।
अंकित नारायणले दुवै खेलमा जित निकाले। उनले पाँचौ चरणको खेलमा भारतका भेदान्त नगरकाटेलाइ पराजित गरे भने छैटौं चरणको खेलमा नेपालका सुशरत दाहाललाई हराए । नेपाल च्याम्पियन फिडे मास्टर रुपैश जैसवाल , पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकार , भारतका अपोलोसना मनाङ, चारु मजुम्दार,प्रियान्सु बरुवा , मोहित कुमार ५ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमाब छन् ।
त्यसैगरी पुरुषोत्तम चौलागाईं , भारतका कृष्ण कुमार , रोशन थापा साढे ४ अंंक सहित सयुक्तरुपमा तेस्रो स्थानमा छन् ।दोलखाको कालिन्चोक माध्यमिक स्कुलमा भइरहेको प्रतियोगिता को सोमबार सातौं र आठौं चरणको खेल हुनेछन् ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]