default_image

3 years ago

May 21, 2023

पुरुषोत्तमसहित ३ खेलाडी शीर्षस्थानमा

355 views

0 Bookmark

दोलखा (हाम्रो खेलकुद) –पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा संचालन भइरहेको दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा छैटौं चरणको समाप्तीमा नेपाली पुरुषोत्तम सिलवाल भारतीय खेलाडीका साथ संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् ।

तेस्रो दिन आइतबार १४ बर्षिय पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गर्दै साढे ५ अंक जोडेका छन् । पुरुषोत्तम भारतका इन्द्रजित महिन्द्रकार र अंकित नारायण विश्वाससंग संयुक्त अग्रता लिएका छन् । पुरुषोत्तमले छैटौं चरणको खेलमा पुर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंलाई माथ दिए भने पाँचौ चरणको खेलमा भारतका इन्द्रजित महिन्द्रकारसंग बराबरी खेले । इन्द्रले छैटौं चरणको खेलमा भारतकै धनविर सिंहलाई निरास बनाए ।

अंकित नारायणले दुवै खेलमा जित निकाले। उनले पाँचौ चरणको खेलमा भारतका भेदान्त नगरकाटेलाइ पराजित गरे भने छैटौं चरणको खेलमा नेपालका सुशरत दाहाललाई हराए । नेपाल च्याम्पियन फिडे मास्टर रुपैश जैसवाल , पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकार , भारतका अपोलोसना मनाङ, चारु मजुम्दार,प्रियान्सु बरुवा , मोहित कुमार ५ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमाब छन् ।

त्यसैगरी पुरुषोत्तम चौलागाईं , भारतका कृष्ण कुमार , रोशन थापा साढे ४ अंंक सहित सयुक्तरुपमा तेस्रो स्थानमा छन् ।दोलखाको कालिन्चोक माध्यमिक स्कुलमा भइरहेको प्रतियोगिता को सोमबार सातौं र आठौं चरणको खेल हुनेछन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.