1 year ago
May 27, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल गल्फ संघको छैटौं साधारण सभाले अध्यक्ष टासी घलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ ।
आइतबार भएको चुनावी साधारण सभाले अध्यक्षमा घलेलाई निरन्तरता दिएको छ । त्यस्तै उपाध्यक्षमा पवित्र कुमार कार्की, तिलक राई र फुर्साङ लामा निर्वाचित भएका छन् ।
महासचिवमा चुडा बहादुर भण्डारी, कोषाध्यक्षमा किशन कुमार अग्रवाल निर्विरोध चयन भएन । यसैगरी कार्यकारी सदस्यमा दीपक आचार्य, दीपक थापा मगर, वीरेन्द्र विक्रम लिम्बु, प्रवीण याक्थुम्बा, भु बहादुर गुरुङ, आर्शिया बानु र श्रीराम भण्डारी चुनिए ।
October 9, 2024
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई मनोनित गरेको छ । खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ थापालाई जिम्मेवारी दिएका हुन् । खेलकुदसंग सम्बन्धित विकास […]
October 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन संघ (एनओए) का अध्यक्ष दीपक विष्ट स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको साधारण सभामा भाग लिन त्यसतर्फ जाँदैछन् । साधारण सभा असोज २४ देखि २६ गते सम्म हुनेछ।साधारण सभाको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत विश्व ओलम्पियन संघको समायोजना रहेको विष्टले बताए । त्यस क्रममा विश्व ओलम्पियन संघको निर्वाचन पनि […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)– प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल तथा दोश्रो राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा अर्को महिना आयोजना हुने भएको छ । काठमाडौं स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा कात्तिक ५ देखि ७ गते सम्म हुने राष्ट्रिय ब्लिट्ज उपाधि विजेताले २० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले १४ , तेस्रोले ९, […]