3 years ago
June 9, 2023
हिमाल खरेल,बिर्तामोड
प्रदेश खेलकुद विकास बोर्ड कोशीले निर्णय भएर अन्योलमा रहेका प्रतियोगिताको नयाँ मिति तय गरेको छ । यसअघि निर्णय भएका रकम विनियोजन र मिति तय भइसकेका आधा दर्जन प्रतियोगिताका सदस्य सचिव बर्खास्तका कारण अन्योलमा थिए ।

तर, उच्च अदालत मोरङले बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पुनर्बहाली गर्न प्रदेश सरकारलाई आदेश दिएपछि प्रतियोगिताको तालिका र मिति तय भएको हो । खेलकुद विकास बोर्डको गत चैत १६ गते प्रदेशका विभिन्न जिल्लामा खेलकुदका प्रतियोगिता आयोजना गर्ने र प्रतियोगिताका लागि २ करोड बजेट छुट्याएको थियो ।
प्रदेश सरकारले बोर्डको बैंक खाता रोक्का गर्दै सदस्य सचिव वाग्लेलाई हटाएपछि जेठ मसान्तभित्र गरिसक्नुपर्ने उक्त प्रतियोगिताहरु अनिश्चित बनेका थिए । नयाँ तालिका अनुसार जेठ २९ गतेदेखि ३२ गतेसम्म मुख्यमन्त्रीकप महिला रात्रिकालीन भलिबल प्रतियोगिता हुनेछ । इटहरीमा हुने सो प्रतियोगिताका लागि बोर्डले २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
जेठ ३१ र ३२ गते महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको छ । बोर्डले महिला तालिमका लागि १० लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै, असार ४ गतेदेखि ९ गतेसम्म मुख्यमन्त्रीकप पुरुष फुटबल प्रतियोगिता गर्ने निर्णय भएको छ । ओखलढुंगामा हुने सो प्रतियोगिताका लागि बोर्डले ३० लाख रुपैयाँ छुट्याएको छ ।
बोर्डले प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता असार १३ गतेदेखि १५ गतेसम्म र राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता असार १३ गतेदेखि १६ गतेसम्म गर्ने निर्णय गरेको छ । उदयपुरमा हुने बक्सिङलाई १५ लाख र विराटनगरमा हुने सफ्ट टेनिसलाई २५ लाख रुपैयाँ बोर्डले छुट्याएको छ ।
त्यस्तै, राष्ट्रिय पौडी प्रतियोगिता असार १८ गतेदेखि २० गतेसम्म र प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता असार २२ गतेदेखि २४ गतेसम्म हुने मिति तय गरिएको छ । इटहरीमा हुने पौडी र भोजपुरमा हुने तेक्वान्दोलाई समान १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मोरङ र सुनसरीमा हुने अपांगता भएका व्यक्तिहरुका लागि पारा ओलम्पिक प्रतियोगिताको भने मिति तय भएको छैन । पारा ओलम्पिकका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]