3 years ago
June 10, 2023
बिर्तामोड (हाम्रो खेलकुद)- झापा जिल्ला कबड्डी संघको अध्यक्षमा भूमि पौडेल चयन भएका छन् ।

आज झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको कार्यक्रममा वर्तमान उपाध्यक्ष रहेका पौडेललाई अध्यक्षमा चयन गरिएको हो ।
त्यस्तै, संघको उपाध्यक्षमा सुटलाल राजवंशी र अमृत मेचे, सचिवमा उत्तम पौडेल, सहसचिवमा विजयकुमार सापकोटा र कोषाध्यक्षमा वर्षा राजवंशी चयन भएका छन् ।
संघको सदस्यहरुमा रतिया रजवंशी, ब्रह्मलाल राजवंशी, करुण पोखरेल, मेनुका राजवंशी, पविन राजवंशी, उत्तमकुमार राजवंशी, होम राजवंशी, मातृका सुवेशी, दिपक नेपाल र फूलमाया राजवंशी चयन भएका छन् ।
संघका केन्द्रीय सचिव रतिया राजवंशीको प्रमुख आतिथ्यतामा भएको नयाँ समिति गठनमा केन्द्रीय सदस्य धीरेन राजवंशी लगायत खेलाडीको उपस्थिति रहेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]