3 years ago
June 13, 2023
हिमाल खरेल, बिर्तामोड
दोस्रो खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराएसँगै विभागीय टिम एपिएफ क्लब मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरीमा जारी प्रतियोगिताका समूह चरणको दुबै खेलमा जित निकाल्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
मंगलबार बिहान भएको खेलमा एपिएफले आयोजक कोशी प्रदेशमाथि ३–० को सोझो सेटको जित निकाल्यो । एपिएफले कोशीविरुद्ध २५–६, २५–६ र २५–४ को सहज जित निकालेको थियो । यसअघि सोमबार राति भएको उद्धघाटन खेलमा एपिएफले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित गरेको थियो ।
पहिलो सेट २३–२५ ले गुमाएको एपिएफले त्यसपछि २५–२२, २५–१७ र २५–१८ को सेट हात पार्दै बागमतीमाथि पुनरागमन जित दर्ता गरेको थियो । खेलको प्लेयर अफ द म्याच एपिएफकी सरस्वती चौधरी भइन् । उत्कृष्ट लयमा रहेको एपिएफ दुई खेलमा ६ अंकसहित समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हो ।
प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् । बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रदेशिक रंगशाला इटहरीमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको वाग्लेले जानकारी दिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]