3 years ago
June 14, 2023
ललितपुर (हाम्रो खेलकुद) – दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपको पहिलो चरणमा नेपाली खेलाडीहरुको प्रर्दशन मिश्रित रहयो ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा भइरहेको बुधबार सुरु भएको च्याम्पियनसिपमा नेपाल च्याम्पियन फिडे मास्टर रेटेड खेलाडी रुपेश जैसवालले बंगलादेशका २११३ रेटेड अब्दुल मलेक मोहमदलाई हराए। रुपेशले अब्दुललाई खेलको २८ औं चालमा निरास पारेका थिए ।
त्यसैगरी १४ बर्षिय युवा खेलाडी पुरुषोत्तम सिलवाल (१८३४ रेटेड) ले भुटानका अनरेटेड खेलाडी डिक्चेन दोर्जीलाई सहज रुपमा ३४ औं चालमा जित निकाल्न सफल भए । पूर्व नेपाल च्याम्पियन २०३२ रेटेड खेलाडी सूरविर लामा बंगलादेशका २२०६ रेटेड हसन पराग मेहन्दीसंग पराजित भए ।
राउण्ड रोबिन प्रणालीमा गोदावरीको होटेल भ्यु भृकुटी संचालन भएको खेलमा नेपालका २०२४ रेटेड फिडे मास्टर क्षितिज भण्डारी र पाकिस्तानका २०४६ रेटेड फिडे मास्टर अमिर करिम बीचको खेल निकै प्रतिस्पर्धामक रहयो । रोचक रुपमा आक्रमण प्रत्याक्रम भएको खेलमा खेलको ७० औं चालमा पाकिस्तान खेलाडी अमिरले बाजि मारे ।
सुरवीरले राम्रो खेल पनि अवसरको फाइदा उठाउन नसक्दा खेलको ५२ औं चालमम आत्मसमर्पण गर्ने पुगे । खुल्लातर्फ नेपाल , पाकिस्तान , बंगलादेश ,भुटान र भारतका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा भारतका डिफेन्डिङ च्याम्पियन २४१५ रेटेट आई एम नुबैर शाह शैखले भारतकै २५०८ रेटेड ग्राण्ड मास्टर सयान्तन दीलाई पराजित गरे । रोचक खेलमा नुबेरले आफू भन्दा उच्च रेटेड ग्राण्ड मास्टर सयन्तनलाई खेलको ५८ औं चालमा सिकार बनाए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र एशियन चेस फेडेरेशनका उपाध्यक्ष भरत सि चौहानले संयुक्तरूपमा उद्घाटन गरे । छ दिनसम्म संचालन हुने प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद , ललितपुरका स्थानीय निकायहरु ललितपुर महानगरपालिका , महालक्ष्मी नगर पालिका, गोदावरी नगरपालिका , कोन्जोसम गाउँपालिका, बागमती गाउँ पालिका, महाँकाल गाउँ पालिका र ललितपुर जिल्ला समन्वय समितिको सहयोग रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]