3 years ago
June 16, 2023
हिमाल खरेल, बिर्तामोड
नामको विवादका कारण निर्माण हुन नसकिरहेको झापा पाडाजुँगीको आदिवासी रंगशाला तथा स्मृति पार्कलाई सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । झापाको कमल गाउँपालिका ५ मा रहेको रंगशालाका लागि पटकपटक बजेट छुट्टिए पनि नामको विवादले गर्दा निर्माण हुन सकेको छैन ।

नामकरणका विषयलाई लिएर विवाद हुँदा निर्माण कार्य अलपत्र हुन पुगेको थियो । गत वर्ष प्रदेश सरकारबाट छुट्टिएको १ करोड बजेट समेत फ्रिज भएको थियो । दमकबाट दुई किलोमिटर पूर्व पूर्वपश्चिम राजमार्गसँग जोडिएको आदिवासी जनजातिहरुको चिहानस्थललाई नष्ट गरी सो स्थानमा रंगशाला निर्माण गर्ने योजना अघि सारिएको थियो ।
केपी शर्मा ओली सरकारको पालामा आदिवासी रंगशाला तथा स्मृति पार्कको सट्टा मदन भण्डारी स्मृति रंगशालाको नाममा बजेट विनियोजन गरिएपछि काम हुन सकेन । स्थानीयबासी तथा पार्क समितिका पदाधिकारीले गलत शीर्षकमा सरकारले बजेट छुट्याएको भन्दै काम अघि बढाएनन् ।
आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमसहितको बजेटमा रंगशालाको निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको हो । रंगशालाका महासचिव दिपेनवाला राईले रंगशाला समिति तथा गाउँपालिकाको पहलमा बजेट छुट्टिएको बताए । रंगशालाको डिपिआरसहित घेराबेरा लगायतका संरचना निर्माण गर्न बजेट विनियोजन भएको उनको भनाइ छ ।
यसअघि समेत रंगशालाको निर्माणमा संघीय सरकारबाट पटकपटक गरी ३ करोड ५० लाख रुपैयाँ बजेट छुट्टिए पनि आधा रकमको काम मात्र भएको छ । २०६७ सालदेखि त्यहाँका आदिवासी जनजातिका ७ सयभन्दा बढी चिहानहरु नष्ट गरी उनीहरुको स्मृतिमा आदिवासी रंगशाला निर्माण कार्य सुरु भएको थियो ।
रंगशालाका महासचिव राईका अनुसार संघीय सरकारको चालु वर्षको १० लाख रुपैयाँको बजेटबाट रंगशालाको पूर्वतर्फ रहेको दाहसंस्कार स्थललाई व्यवस्थित गर्नका लागि प्रारिम्भक चरणका घेराबेरा लगायतका संरचना निर्माणका काम भइरहेका छन् । त्यहाँ यसअघि समेत प्रदेशकै १० लाख बजेटबाट मलामीगृह तथा शौचालय समेत निर्माण गरिएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]