2 years ago
June 23, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेका खेलाडीलाई प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण गराउन नपाउने भएका छन् ।

गत महिना एसियाड छनोटका क्रममा भएको विवादमा दोषी पाइएको भन्दै नेपाल कराते महासंघले श्रेष्ठलाई ३ महिना कराते कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरि कारवाही गरेको छ । यद्दपी महासंघले घटनाका विषयमा गरिएको निर्णयका बारेमा सार्वजनिक गरेको छैन ।
जेठ १६ र १७ गते भएको छनोटको अन्तिम दिन विवाद भएको थियो । विवादमा हातपात र कुर्सीतोड फोड भएको थियो । त्यहि घटनाको छानविन गर्न उपाध्यक्ष ओमकृष्ण प्रसाईको संयोजकत्वमा सदस्य रवि महर्जन र गजेन्द्र साउद रहेको तीन सदस्यीय समिति महासंघले गठन गरेको थियो ।
समितिलाई छानविन गरि १५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । संयोजक प्रसाईका अनुसार छानविनका क्रममा १७ जनाको बयान लिएर ७५ पृष्ठ लामो प्रतिवेदन महासंघलाई बुझाएको जानकारी दिए । छानविन समितिले बुझाएको सिफारिसलाई परिमार्जनसहित निर्णयर गर्दै महासंघले कारवाही प्रक्रिया अघि बढाएको बताइएको छ ।
महासंघको बुधबार बसेको बैठकले आठौं र नवौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता समेत रहेका प्रशिक्षक श्रेष्ठलाई ३ महिनाको निलम्बन र ३ हजार रुपैयाँ जरिवानाको निर्णय गरेको बताइएको छ । श्रेष्ठलाई निलम्बन गरिएको हो भन्ने प्रश्नको जवाफमा महासंघका महासचिव दावा गुरुङले भने, ‘निलम्बन भनिएको छैन । ३ महिना महासंघको कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिने भन्ने हो ।’

राजेन्द्र कपाली संयोजक रहेको महासंघको रेफ्री कमिसनलाई विघठन गरिएको पनि गुरुङले जानकारी दिए । त्यस्तै संघका सचिव ध्वजमान लामालाई १० वटा कुर्सीको क्षतिपूर्ती जरिवाना तिर्न लगाउने निर्णय भएको उनले जानकारी दिए । पूर्नगठिन रेफ्री कमिसनको संयोजक प्रकाश धौवडेललाई तोकिएको छ ।
लामो समय देखि राष्ट्रिय टोलीको प्रशिक्षण दिदै आएका श्रेष्ठले अब तीन महिना प्रशिक्षण दिन पाउने छैनन् । श्रेष्ठले छानविन समितिले दिएको प्रतिवेदनका आधारमा सबैलाई कारवाही नहुने हो भने छानविनको अर्थ के रह्यो भन्दै प्रश्न गरेका छन् ।
‘कारवाही भएको छ भन्ने मैले मौखिक जानकारी पाएको छु । लिखित केहि आएको छैन । मैले घटनाक्रम र आफ्नो कमजोरीका बारेमा पनि समितिमा बयान दिएको छु । अरुले पनि बयान दिनुभएको होला । सबै घटनाको विवरण संकलनपछि ५ जनालाई कारवाहीको सिफारिस भएको भन्ने सुनेको छु,’ उनले भने, ‘त्यहि प्रतिवेदनका आधारमा कारवाही भएको हो भने मेरो कुनै गुनासो छैन । तर, कसैलाई कारवाही कसैलाई मिनाहा ठिक हुँदैन । प्रतिवेदनमा के छ त्यो सार्वजनिक होस् । सबैलाई प्रष्ठ भइहाल्छ ।’
महासंघका महासचिव गुरुङले पनि प्रतिवेदन सार्वजनिक हुने बताएका छन् । यद्दपी उनले कहिले सार्वजनिक गर्ने भन्ने बारेमा भने प्रष्ट पारेनन् । करातेलाई अनुशासित र मर्यादित बनाउनु नै आफूहरुको लक्ष्य रहेकोले आउने दिनमा यस्ता घटना नदोहोरिउन् भन्नका लागि हामीले कारवाही प्रक्रिया अघि बढाएका हौं, उनले भने, खेल भन्दा ठूलो कोही व्यक्ति हुन सक्दैन । अनुशासनको पालन सबैले गर्नुपर्दछ ।
संयोजक प्रसाईले छानविन समितिको सिफारिसलाई पूर्ण रुपमा निर्णयमा नलगिएकोले निर्णयमा आफ्नो आलोचनात्मक समर्थन रहेको बताएका छन् । छनोटका क्रममा प्रशिक्षक श्रेष्ठ पटक पटक रेफ्री भएको ठाँउमा गएको भन्दै महासंघका सदस्य कृष्ण गौतमले त्यसमा प्रश्न गरेपछि विवाद सुरु भएको थियो ।
रेफ्री कमिसनका संयोजक राजेन्द्र कपालीले बोलाएपछि मात्र आफू त्यहाँ गएको श्रेष्ठले जवाफ दिएपनि त्यहि विवाद बढ्दै जाँदा हातपात भएको थियो । श्रेष्ठले आफूलाई हात हालेको गौतमले आरोप लगाएका थिए । त्यसपछि विवाद बढ्दै जाने क्रममा रेफ्रीहरुले सचिव लामालाई हातपात गरेको बताइएको छ । त्यसअघि नै लामाले पनि कुर्सी तोडफोड गरेको आरोप लगाएको छ ।
असोज ६ देखि २१ गते सम्म चीनको हान्जाउमा हुने १९ औं एसियाडमा करातेका ८ खेलाडीले भाग लिनेछन् । करातेको कुमुतेलाई कुशल श्रेष्ठ र छोरी डंगोल तथा कातामा वीरकृष्ण श्रेष्ठले प्रशिक्षण गराइरहेको महासचिव गुरुङले जानकारी दिए । बुबा विरामी भएका कारण काताका अर्का प्रशिक्षक गंगाराम महर्जनले भने प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्न नसक्ने जानकारी दिएको गुरुङले बताए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]