default_image

8 months ago

June 29, 2023

विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस सुरु

हिमाल खरेल, विराटनगर कोशी प्रदेशका युकेश योञ्जन र बागमती प्रदेशका प्रदिप खत्री प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० को क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा बुधबार मोरङको विराटनगरमा सुरु प्रतियोगिताअन्तर्गत पुरुष सिंगलतर्फ विजयी हुँदै युकेश र प्रदिप अन्तिम आठमा पुगेका हुन् ।नवौँ राष्ट्रिय खेलकुदका स्वर्णधारी युकेश कोशीकै अर्का खेलाडी […]

113 views

0 Bookmark

हिमाल खरेल, विराटनगर

कोशी प्रदेशका युकेश योञ्जन र बागमती प्रदेशका प्रदिप खत्री प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० को क्वार्टर फाइनलमा प्रवेश गरेका छन्

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा बुधबार मोरङको विराटनगरमा सुरु प्रतियोगिताअन्तर्गत पुरुष सिंगलतर्फ विजयी हुँदै युकेश र प्रदिप अन्तिम आठमा पुगेका हुन् ।
नवौँ राष्ट्रिय खेलकुदका स्वर्णधारी युकेश कोशीकै अर्का खेलाडी असलेस ढकाललाई हराएका थिए । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुदका रजत पदक विजेता प्रदिपले कोशीका आभाष बुढाथोकीलाई हराए ।
यसैबीच, आज पुरुष सिंगलअन्तर्गतका खेलमा अन्य १४ जना खेलाडी प्रिक्वार्टर फाइनल प्रवेश गरेका छन् ।

त्यस्तै, महिला सिंगलतर्फ बिमला पन्थी लुम्बिनी, जर्जिया चौधरी बागमती, ऋतिका चौधरी लुम्बिनी र श्रेया राई कोशी प्रदेश प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
महिला तथा पुरुष सिंगल, महिला तथा पुरुष डबल्स र मिक्स गरेर पाँचवटा इभेन्ट्समा हुने प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १५ खेलाडीको सहभागिताको छन् ।
यसअघि भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश्वर कोइराला, विशेष अतिथि बोर्डका सदस्य सचिव हंशराज वाग्ले, नेपाल सफ्ट टेनिस संघ तथा अन्तर्राष्ट्रिय सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहल लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बोर्डकी उपाध्यक्ष जिना कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष श्यामकुमार लामाले स्वागत मन्तव्य राखेका थिए ।
मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनमा सहिद रंगशालामा जारी प्रतियोगिता असार १६ गतेसम्म चल्नेछ ।

February 23, 2024

धम्पुस उत्सवमा पुरुष र महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी कास्कीकाे रमणीय गाँउ माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस मिलन टोलमा यसै महिनाको अन्त्यदेखि पुरुष र महिला भलिबलसँगै प्रौढ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसको संयोजन तथा मिलन युवा क्लबको आयोजनामा प्रतियोगिता फागन ३० देखि चैत ३ गतेसम्म आयोजना हुने भएको हो । पुरुषतर्फ कास्की जिल्ला […]

February 22, 2024

सूर्य नेपाल वेस्टर्न ओपनमा भुवनको अग्रता

पोखरा ( हाम्रो खेलकुद)- सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता बनाएका छन्। सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिताका रुपमा रहेको वेस्टर्न ओपन पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा बुधबार सुरु भएको छ। पूर्व नम्बर एक  प्रो भुवन ३-अण्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन्।  एमेच्योर खेलाडी सदभाव […]

February 21, 2024

गोर्खाली रग्वीसँग एपिएफको हार

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी फिफ्टिन्स रग्वी लिगमा गोर्खाली रग्वी क्लबले लगातार दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा लिग चरणमा खेलमा बुधबार गोर्खाली रग्वीले एपिएफ क्लबलाई पराजित ग¥यो । लगातार दोस्रो जित निकाल्ने क्रममा गोर्खाली रग्वीले एपीएफलाई ४९–२० को स्कोरमा हरायो । ६ अंकका साथ गोर्खाली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एपिएफ […]

Success

Thank you for your time.