default_image

2 years ago

June 29, 2023

ऋतिका र जर्जिया राष्ट्रिय सफ्ट टेनिसको फाइनलमा

539 views

0 Bookmark

हिमाल खरेल, विराटनगर

प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० अन्तर्गत महिला सिंगलतर्फ ऋतिका चौधरी र जर्जिया चौधरी फाइनलमा पुगेका छन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा आज विराटनगरमा भएको लुम्बिनी प्रदेशकी ऋतिका र बागमती प्रदेशकी जर्जिया फाइनल पुगेका हुन् ।
ऋतिकाले सेमिफाइनलमा लुम्बिनी प्रदेशकी रोशिका पोखरेललाई हराइन् ।

त्यस्तै, जर्जियाले सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी भगवती विकलाई हराएर फाइनलमा स्थान बनाइन् । हारसँगै पोखरेल र विक कास्य पदकमा सीमित भएका छन् । अब स्वर्ण पदकका लागि ऋतिका र जर्जियाले भोलि शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताअन्तर्गत पुरुष सिंगलतर्फ कोशी प्रदेशका युकेश योञ्जन, बागमती प्रदेशका ब्रिजेश प्रधान, सशस्त्र प्रहरी बल एपिएफ क्लबका कमल भण्डारी र बागमतीका प्रदिप खत्री सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नवौँ राष्ट्रिय खेलकुदका स्वर्णधारी युकेशले लुम्बिनीका रोशन केसीलाई हराए भने ब्रिजेशले नवौँ राष्ट्रिय खेलकुदका कास्य पदक विजेता निर्मल स्थापितलाई पराजित गरे ।
त्यस्तै, कमलले पनि नवौँ राष्ट्रिय खेलकुदका कास्य पदक विजेता सुरज चौधरीलाई हराए भने नवौँका रजत पदकधारी खत्रीले कोशीका मुकुन्द बुढाथोकीलाई पराजित गरे ।

महिला तथा पुरुष सिंगल, महिला तथा पुरुष डबल्स र मिक्स गरेर पाँचवटा इभेन्ट्समा हुने प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १५ खेलाडीले सहभागिता जनाएका छन् ।

सबै विधाका स्वर्ण पदक विजेतालाई नगद ३५ हजार, रजत पदकलाई २५ हजार र कास्य पदक पाउनेलाई समान १० हजार रुपैयाँ प्रदान गरिने मोरङ जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष श्यामकुमार लामाले जानकारी दिए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.