default_image

2 years ago

July 16, 2023

स्टार कफीलाई फुटसल उपाधि

351 views

0 Bookmark

विजय नेपाली, पोखरा

स्टार कफीले याम (राम) बहादुर थापा स्मृति प्रथम एमोच्योर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ ।

खेलकुद विकास मञ्च पोखराको आयोजनामा पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शनिबार भएको फाइनलमा बाइलेज एफसी लेकसाइडलाई २–१ ले हराउँदै स्टार कफीले उपाधि जितेको हो । उपाधिसहित टोलीले ५० हजार र बाइलेजले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।

बाइलेज एफसीका नकुल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । बाइलेजकै गोलरक्षक मुमिन तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए । ८ गोल गरेका स्टार कफीका सन्दीप तामाङले सर्वाधिक गोलकर्ता बने ।

सनराइज एफसीका विरेन पुलामी मगर उदयीमान खेलाडी घोषित भए । ३६ टोलीको सहभागिता रहेको प्रतियोगितामा सनराइज एफसी काठमाडौं अनुसाशित टोली घोषित भयो । प्रतियोगिता दुई दिनसम्म संचालन भएको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.