2 years ago
July 16, 2023
विजय नेपाली, पोखरा
स्टार कफीले याम (राम) बहादुर थापा स्मृति प्रथम एमोच्योर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ ।

खेलकुद विकास मञ्च पोखराको आयोजनामा पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शनिबार भएको फाइनलमा बाइलेज एफसी लेकसाइडलाई २–१ ले हराउँदै स्टार कफीले उपाधि जितेको हो । उपाधिसहित टोलीले ५० हजार र बाइलेजले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
बाइलेज एफसीका नकुल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । बाइलेजकै गोलरक्षक मुमिन तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए । ८ गोल गरेका स्टार कफीका सन्दीप तामाङले सर्वाधिक गोलकर्ता बने ।

सनराइज एफसीका विरेन पुलामी मगर उदयीमान खेलाडी घोषित भए । ३६ टोलीको सहभागिता रहेको प्रतियोगितामा सनराइज एफसी काठमाडौं अनुसाशित टोली घोषित भयो । प्रतियोगिता दुई दिनसम्म संचालन भएको थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]