2 years ago
July 19, 2023
हिमाल खरेल, दमक
दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताका लागि सहभागी टोलीको टुंगो लागिसकेको छ भने खेल तालिका पनिसार्वजनिक भइसकेको छ । प्रतियोगितामा २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्ने छन् । न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसहरुले सहभागिता जनाउने छन् ।
दर्शकका लागि फुटसल कोर्ट वरिपरि बाँसको अस्थायी प्यारापिट निर्माणको काम सकिन लागेको न्यौपानेले बताए । विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको न्यौपानेले बताए ।
प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख, दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्ँत गर्नेछ । विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लाािग १२ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगिताको फाइनल साउन १० गते हुनेछ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]