2 years ago
August 13, 2023
काठमाडौं (हाम्रो खेलकुद)– पर्वत क्लब,हङकङले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको निर्माणाधिन इन्डोर हलका लागि आर्थिक सहयोग गरेको छ ।

पर्वत क्लब हङकङले संकलन गरेको २ लाख १ रुपैयाँ रुपैयाँ निर्वतमान उपाध्यक्ष गौरवकुमार गुरुङले आइतबार न्यू डायमण्डका अध्यक्ष एवंम प्रशिक्षक कुमार राईलाई हस्तान्तरण गरे । न्यू डायमण्डले आफ्ना महिला खेलाडीलाई नियमित प्रशिक्षणका लागि इन्डोरहल र छात्रबास निर्माण गरिएको छ ।
हाल बेलायत बस्दै आएका निर्वतमान उपाध्यक्ष गुरुङले न्यू डायमण्डले महिला भलिबलमा पुर्याएको योगदान र प्रशिक्षक राईको भूमिकाको सरहाना गर्दै पर्वत क्लबले आफ्ना सदस्यहरुबाट रकम संकलन गरेको जानकारी दिए ।
पर्वत क्लबमार्फत तिलक गुरुङ, इन्द्र गुरुङ, फिरोज गुरुङ, काजीमान गुरुङ, बलराज गुरुङ, रोहिन गुरुङ, उत्तम थापा, सुरेश गुरुङ, मेख गुरुङ, दुर्गा थापा, सुरेन्द्र गुरुङ, इश्वर गुरुङ, मनोज गुरुङले आर्थिक सहयोग गरेको छन् ।
न्यू डायमण्डका सल्लाहकार अरुण श्रेष्ठका अनुसार पूर्व राष्ट्रिय भलिबल खेलाडी मन्जु गुरुङ र सन्जय अर्याल सन्तु गुरुङ, मातीश्री पुन मगर, रसना गुरुङ, मन्जिला गुरुङ, नारायण गुरुङ, सुरेन्द्र गुरुङ, माया मगर पुन, रोशन गुरुङ, विक्रम थापा, तेज गुरुङ र गौरव गुरुङले आर्थिक सहयोग गरेका छन् ।

न्यू डायमण्डको इन्डोर हल निर्माणका लागि हङकङ संखुवासभा तमु समाज, संखुवासभा समाज, आधिखोला स्पोर्टस क्लब, स्याङ्जा जनसेवा समिति, पुन क्लब, बागलुङ समाज र घान्द्रुक समाजलाई सहयोगका लागि पत्राचार गरिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए ।
न्यू डायमण्डका अध्यक्ष राईले सहयोगी पर्वत क्लब हङकङ र त्यसका सदस्यहरुलाई क्लबकातर्फबाट धन्यवाद दिए । उनले नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बलियो बनाउनका उद्देश्यका साथ क्लबले महिला खेलाडीलाई प्रशिक्षण दिइरहेको बताए ।
क्लबका उपाध्यक्ष किरण कार्कीले चन्द्रगिरी १३ मा निर्माणाधिन छात्रबास र इन्डोर हलमा ४ वटा कोठा, २ वटा चेन्जिङ रुम, शौचालय र मैदान निर्माण भइसकेको जानकारी दिए । उनले अहिले सम्म ४१ लाख रुपैयाँ खर्च भइसकेको बताए । न्यू डायमण्डमा हाल झण्डै ४० जना नियमित प्रशिक्षणमा छन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]