2 years ago
August 14, 2023
काठमाडौं (हाम्रो खेलकुद)– गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा पुनः नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बस्नेतलाई मुख्य प्रशिक्षक नियुक्तीको घोषणा गरेको छ ।

एन्फा महासचिव किरण राईले सोमबार एन्फा मुख्यालय सातदोबाटोमा नियुक्ती पत्र हस्तान्तरण गरेका थिए । बस्नेत सन् २०१९ देखि फुटसल टोलीमा आबद्ध छन् । त्यति बेला विष्णु गुरुङ मुख्य प्रशिक्षक हुँदा बस्नेत सहायक प्रशिक्षक थिए ।
सन् २०२१ अप्रिलमा बस्नेत मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनकै नेृतत्वमा नेपालले कीर्गिस्तानको बिस्केकमा भएको एएफसी फुटसल २०२२ को छनोटमा भाग लिएको थियो । अब मंगोलियामा हुने एसियन कप छनोट २०२४ बस्नेतको प्रशिक्षणमा नेपालले चुनौती पेश गर्नेछ ।
एन्फाले फुटसलको सहायक प्रशिक्षकमा थमन भुसाललाई नियुक्त गरेको छ । एएफसी फुटसलल कप छनोटको समूह डीमा नेपालले भियतनाम, दक्षिण कोरिया र आयोजक मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ । छनोट अक्टुबल ७ देखि ११ सम्म हुनेछ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]