2 years ago
September 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया फुटसल कपको महिलातपर्फ इमेज एम्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट र पुरुषतर्फ रजिष्टर्ड अफिस टोली विजयी भएको छ ।

धन्यन्तरी फुटसल मैदानमा भएको फाइनलमा महिललातर्फ इमेज एम्पेरियन्सले सुदूरपश्चिम प्रदेश बी टिमलाई तथा रजिष्टर्ड अफिसले डिजिटलल पेमेन्ट इकोसिष्टमलार्य हराउँदै उपाधि जितेको थियो ।
एनआइसी एसिया बैंकले कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रबद्र्धन गर्ने उद्देश्यअनुरुप आयोजित यस प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३ हजार ९ सय भन्दा बढी कर्मचारीहरुको उत्साहपूर्ण सहभागिता रहेको बैंकले जनाएको छ ।
सातै प्रदेशबाट छानिएका पुरुषतर्फका २० र महिलातर्फको १५ ६ोलीको सहभागिता रहेको थियो । प्रतियोगिता लिग तथा नक आउटमा सम्पन्न भएको थियो । महिलातर्फ सुदूरपश्चिम प्रदेश बी की रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिष्टम टिमका विवेक चौधरी उत्कृष्ट खेलाडी चुनिए ।
इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्टर्ड अफिसका मञ्जित कार्की उत्कृष्ट गोलकिपर छानिए । कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिष्टर्ड अफिसका ठाकुर श्रेष्ठ उच्च गोलकर्ता रहे ।
राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङ, नेपाली राष्ट्रिय फुटसल टिमका सहायक प्रशिक्षक थमन भुसाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुधिर नाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभलोपमेन्ट अफिसर कैलाश गौतम, बैंकका कम्पनी सचिव दिपेन कार्की, बैंकको ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन्स् विभाग प्रमुख सरोज भट्टराईको फाइनलमा उपस्थिति थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]