2 years ago
September 7, 2023
काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयले बिहीबार स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको अन्तरक्रियात्मक कार्यक्रम स्कुल टु ओलम्पिकमा ओलम्पियन र अन्य खेलाडीले विधार्थीहरुको बीचमा आफ्नो अनुभव साटेका थिए ।

५० वर्षअघि नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदकका रुपमा एसियन ट्र्याक एन्ड फिल्डमा म्याराथनमा कास्य पदक जितेको जीतबहादुर केसी, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन विष्णुबहादुर सिंह, ओलम्पियन्स संघका अध्यक्ष एवंम् कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, ओलम्पियन सरस्वती चौधरी र १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलका स्वर्ण पदक विजेता गोलकिपर विकेश कुथुले विधार्थीहरुलाई आफ्नो खेल जीवनको सुरुवात, सफलता, असफलता, खेलाडीप्रति समाजको दृष्टिकोणका बारेमा चर्चा गरेका थिए ।
विधार्थीहरुले खेलकुद र अध्ययनलाई कसरी सँगै अघि बढाउन सकिन्छ ? खेलेर जीविकोपार्जन गर्न सक्ने अवस्था छ ? नेपाली अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्न नसक्नुको कारणका बारेमा जिज्ञासा राखेका थिए ।
ओलम्पियन विष्टले समयको उचित व्यवस्थापन गर्न सके अध्ययन खेललाई संगै लैजान सकिने बताएका थिए । गोलकिपर विकेशले फुटबलमा खेलेर पनि बाच्ने अवस्था रहेको बताए । एनओसी महासचिव श्रेष्ठले अन्तर्राष्ट्रिय सफलताका लागि खेलाडीले चाहेर मात्र नहुने सरकारले प्रशिक्षण र वातावरण पनि निर्माण गर्नुपर्नेमा जोड दिए ।
जीवनमा एउटा असफलताबाट हार नखाइ दृढ भएर आफ्नो लक्ष्यमा लाग्ने हो भने सफलता मिल्ने धावक राजेन्द्र भण्डारीले बताए । सिओल ओलम्पिकमा बक्सिङमा पाराग्वेका खेलाडीलाई जितेपछि आफ्नो डोपिङ टेष्ट गरेको अनुभव ओलम्पियन सिंहले साटेका थिए ।

महाविद्यालयका विधार्थीहरुले नृत्यका साथै तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए । महाविद्यालयका प्रमुख व्यवस्थापक नारायणबहादुर थापाले ओलम्पियनहरुलाई धन्यवाद दिए । महाविद्यालयका प्राचार्य दलबहादुर पुनले फुटबल, क्रिकेट, भलिबल, मार्सल आर्टसका खेलहरुको नियमित अभ्यास हुने जानकारी दिए ।
व्यवस्थापक थापा र प्राचार्यले ओलम्पियनहरुलाई मायाको चिनो प्रदान गरेका थिए । ओलम्पियन संघको सहकार्यमा यसअघि काभ्रे साँगाको नेपाल प्रहरी स्कुल, कीर्तिपुरको एपिएफ स्कुलले स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको थियो । त्यसअघि विभिन्न प्रदेश खेलकुद विकास परिषद्ले स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको थियो । कर्णालीले सुर्खेत र जुम्लामा, सुदूरपश्चिमले धनगढी र भिमदत्त नगरपालिकामा, कोशीको इटहरीमा, लुम्बिनीको सिद्धार्थनगरमा स्कुल टु ओलम्पिक कार्यक्रम गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]