2 years ago
September 13, 2023
काठमाडौ (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) को २८ औं वार्षिक खेलकुद अवसरमा अग्रज पत्रकार मुकुन्द बोगटीलाई सम्मानित गरेको छ ।

काठमाडौँमा एक कार्यक्रम आयोजना गरि एनएसजेएफले बोगटीलाई सम्मान गर्दा युवा पत्रकार रमेश सुवेदीलाई सुमन भम्जन स्मृति स्पोर्ट्स पत्रकारिता अवार्ड २०८० प्रदान गरेको छ ।
बोगटीले २५ हजार र सुवेदीले एक थान ल्यापटप पाउने छन् । २०२३ सालमा काठमाडौँको चाबहिलमा जन्मिएका बोगटीले २०५२ साल देखि पत्रकारिता सुरुवात गरेका थिए । जन स्वतन्त्रताबाट सुरुवात गरेका उनले २०५२ साल देखि कान्तिपुर दैनिकमा काम गरेका थिए । उनी लेखन र फोटो पत्रकारिता दुबैमा सक्रिय थिए । एनएसजेफका संस्थापक कोषाध्यक्ष रहेका बोगटी एनएसजेएफका पूर्व अध्यक्ष हुन् । सम्मानपछि बोगटीले सबैलाई धन्यवाद दिए ।
‘यो सम्मानले गर्दा भावुक भए । त्यो समय मैले पत्रकारिता सुरु गर्दा १७/१८ वर्षको थिए । हामीले मन्चलाई व्यवसायिक बनाउनु पर्छ भनेर सुरुवात गरेका थियौं । त्यो समय कार्यलय नहुँदा दशरथ रंगशालाको प्याराफिटमा बैंठक गर्नु पर्ने थियो । मलाई सुरुवात गर्दाको समयको याद आयो । त्यो परिवेश अनुसार एउटा बीउ रोपिएको थियो । आज यो देख्दा रमाइलो लाग्यो । हृदय देखि सबैलाई धन्यवाद,’ बोगटीले सम्मानपछि भने।

२०५२ सालमा धादिङमा जन्मिएका रमेश सुवेदीले २०७५ साल देखि खेलकुदबाट पत्रकारिता सुरुवात गरेका थिए । खेलपाटी, न्युज कारखाना हुँदै उनी हाल नयाँ पत्रिकामा कार्यरत छन् । सम्मान पाउँदा उनले निकै खुशी लागेको बताए ।
‘यो सम्मान पाउँदा निकै खुसी लागेको छ । मन्चका सबैजनालाई धन्यवाद । म फुटबल फ्यान हुदै मन्चले पत्रकारितामा केही सिकाएको थियो,’ सुबेदीले सम्मान पाएपछि भने ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघका महासचिव किरण राई, एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी, एआइपिएसका कोषाध्यक्ष निरन्जन राजवंशीले सम्मान र पुरस्कृत गरिएका थिए।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]