default_image

2 years ago

September 13, 2023

करणको गोलमा वडा नं २६ विजयी

537 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बुधबार वडा नं २६, २८,१३ र १२ विजयी भएका छन् । विजयी सबै टोली प्रि क्वार्टरफाइनल पुगेमा छन् ।

काठमाडौं महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन बुधधबार पहिलो खेलमा वडा नं २६ ले वडा नं ५ लाई १–० ले हरायो । करण खड्गीको निर्णायक गोलमा वडा नं २६ विजयी भयो । करण नै खेलको म्यान अफ दि म्याच चुनिाए ।

दोस्रो खेलमा वडा नं २८ ले वडा नं २४ लाई ४–१ ले हरायो । विजयी टोलीका लागि उदेश खड्गीले २ तथा दिपु तण्डुकार र सिसिर वज्राचार्यले समान १ गोल गरे । वडा नं २४ का लागि सोमन श्रेष्ठले गोल गरे ।

तेस्रो खेलमा विकेश शाही र अभय राणाको गोलमा वडा नं १३ ले वडा नं २१ लाइ २–० ले हरायो । विकेश खेलको म्यान अफ दि म्याच चुनिए । अन्तिम खेलमा वडा नं १२ ले वडा नं १८ लाई ३–० ले पराजित गर्यो । खेलमा कैलाश डंगोल र विजय शाहीले गोल गरे । बिहीबार वडा नं ११ र २९, २ र १९, ६ र १५ तथा ३१ र वडा नं ८ बीच प्रतिस्पर्धा हुनेछ ।

नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टोलीले उपाधिसहित २ लाख र दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.