2 years ago
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रयागराज सिंह सुवाल स्मृति वडा फुटबल प्रतियोगिताको उपाधि काठमाडौं वडा नं १४ ले जितेको छ । वडा नं १३ लाई बुधबार भएको फाइनलमा ३–२ ले हराउँदै वडा नं १४ च्याम्पियन बनेको हो ।

काठमाडौं महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदानमा भएको प्रतियोगिताको फाइनलमा वडा नं १४ का मनिष रानाभाटले २ र दीलिप थापाले १ गोल गरे । वडा नं १३ का लागि अभय राणा र आशिष कपालीले गोल गरे । वडा नं १४ का आरोन खड्का फाइनलको म्यान अफ दि म्याच चुनिए ।

वडा नं १४ उपाधिसहित २ लाख र वडा नं १३ ले १ लाख रुपैयाँ प्राप्त गर्यो । वडा नं १३ का आशिष कपाली सर्वोत्कृष्ट खेलाडी र च्याम्पियन टोलीका विपिन थापा मगर सर्वोत्कृष्ट गोलकिपर चुनिए । विपिन थापा सर्वाधिक गोलकर्ता रहे । सर्वोत्कृष्ट र सर्वाधिक गोलकर्ताले समान १४ हजार रुपैयाँ प्राप्त गरे ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, आयोजक वडा नं २३ का वडाअध्यक्ष मचाराजा महर्जनलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]