default_image

2 years ago

September 30, 2023

एसियाडमा महिला भलिबल टोलीको हार

4121 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) को आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

भियतनामसँग शनिबार भएको खेलमा नेपालले ३–० ले पराजित भएको थियो । पहिलो सेटमा कमजोर प्रदर्शन गरेको नेपाली टोलीले दोस्रो र तेस्रो सेटमा भने प्रदर्शन सुधार गरेको थियो ।

पहिलो पटक एसियाड खेलको नेपाली महिला टोलीले २५–४ ले पहिलो सेट गुमाएको थियो । नेपालले दोस्रो सेटमा २५–१६ र तेस्रो सेट २५–१३ ले गुमाएको थियो । नेपालले अर्को खेल दक्षिण कोरियासँग खेल्नेछ ।

टोलीका प्रशिक्षक यान डे ब्रान्टले खेलको सुरुवातमा खेलाडी नर्भस हुँदा कमजोर भएको बताए । ‘यो स्तरको प्रतियोगितामा सुरुवात राम्रो नहुँदा विपक्षीले दवाव कायम गर्छन् । सुरुवातमा लगातार अंक गएपछि केहि नर्भस भए । पछिल्ला दुई सेट भने सुधार भयो,’ उनले भने ।

कप्तान अरुणा शाहीले नतिजा राम्रो नभएपनि प्रदर्शन अझ सुधार्न सकिने बताइन् । ‘खेल कठिन हुन्छ थाहा थियो । तर यो अन्तर अपेक्षा थिएन । मैले व्यक्तिगत र टिमले नै अझ राम्रो गर्न सक्छौं,’ उनले भनिन् ।

नेपाली पुरुष टोलीले एसियाडमा भाग लिएर फर्किसकेको छ । समूहको दुवै खेल हार्दै टोली उद्घाटन समारोह अघिनै फर्केको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.