default_image

2 years ago

October 3, 2023

एसियाड ब्याडमिन्टन – रसिला प्रिक्वाटरफाइनलमा

623 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – चीनकोको हाङ्गचौंमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

बिन्जियाङ जिम्न्याजियममा मंगलबबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा हराउन्दै रसिला अघिल्लो चरणमा पुगेकी हुन् । रसिलाले १५ मिनेटमै खेलको नतिजा आफ्नो पक्षमा पारेकी थिइन् ।

मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । रसिलाको बाहेक सबै खेलमा नेपाल पराजित गर्यो । महिला सिंगल्समै थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई २१–१० र २१–४ सिधा सेटमा हराइन् ।

महिला डबल्समा चाइनिज ताइपेईंका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका निता लम्साल र नङशल तामाङको जोडीलाई २१–१ र २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रसिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३ र २१–७ ले हरायो ।

कबड्डीमा इरानसँग हार

महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा इरानसँग पराजित भएको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोश्रो तथा अन्तिम लिगमा मंगलबार नेपाल साविक विजेता इरानसँग ४३–१९ ले पराजित भएकाो थियो ।

नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो । इरानले दोश्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर ग¥यो । समूह ‘बी’ मा नेपाल र इरानसहित बंगलादेश छ । नेपालले समूह चरणको पहिलो खेलमा सोमबार बंगलादेशलाई ३७–२४ ले हराएको थियो ।

बुधबार हुने समूह ‘बी’ को अन्तिम लिगमा इरानले बंगलादेश विरुद्ध प्रतिस्पर्धा गर्ने छ । त्यो खेलमा इरान विजयी भए नेपालले एसियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउने छ । सेमिफाइनल पुगे नेपालले कम्तीमा कांस्य पदक पक्का गर्दे इतिहास रच्ने छ ।

भारोत्तोलन – विकासको सामान्य प्रदर्शन

भारोत्तोलनको पुरुष ८१ केजीमा नेपालका विकास भट्टले स्न्याचमा १२० केजी र क्लिन एन्ड जर्कमा १ सय ४५ गरी जम्मा २ सय ६५ केजी भार वहन गरेका छन् ।

स्न्याचमा विकासले दोश्रो लिफ्टमा मात्र १ सय २० केजी वजन उचाल्न सफल भएका थिए । पहिलो लिफ्टमा पनि विकासले १ सय २० केजी वजन उचाल्ने प्रयास गरेपनि असफल भए । तेश्रो लिफ्टमा उनले १ सय २५ केजी तौल उठाएर स्न्याचमा आफ्नै नाममा रहेको १ सय २४ केजीको राष्ट्रिय कीर्तिमान सुधार गर्ने प्रयास गरेका थिए । तर उनले १सय २५ केजी वजन उठाउन सकेनन् ।
क्लिन एन्ड जर्कमा पहिलो लिफ्टमा १ सय ४५ केजी तौल उठाउने प्रयास गरेका विकास दोश्रो लिफ्टमा मात्र त्यत्तिनै (१४५ केजी) वजन उचाल्न सफल भए । तेश्रो लिफ्ट विकासले १ सय ५० केजी उठाउने तयारी गरे पनि सफल भएनन् । अब नेपालबाट दुई पुरुष खेलाडी विशालसिंह विष्ट र सागर भण्डारीले खेल्न बाँकी छ ।

एथ्लेटिक्स – ५ हजारमा राजपुराको व्यक्तिगत उत्कृृष्ट प्रदर्शन

एथलेटिक्सको महिला ८ सय मिटर दौडमा नेपालकी फुलमती राणाले आफ्नो पहिलो चरणको दोश्रो हिटमा छैटौं भएकी छन् । सहभागी ७ मध्ये फुलमतीले समग्रमा छैटौं स्थानमा दौड टुंगाएकी हुन् ।

हाङझाव एसियाडको मुख्य रंगशाला हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको पहिलो चरणको दोश्रो हिटमा फुलमतीले निर्धारित दूरी २ मिनेट २२.५९ सेकेन्डमा पूरा गरिन् । उक्त हिटमा पाकिस्तानकी रविला फारुक डिस्क्वालिफाइ भइन् । १ हजार ५ सय मिटर दौडमा फुलमतीको चुनौती समाप्त भइसकेको छ ।

नेपालकी राजपुरा पछाईं महिला ५ हजार मिटर दौडमा १२ औं स्थानमा सीमित भइन् । सहभागी १३ मध्ये राजपुरा १२ औं भएकी हुन् । राजपुरासंगै उक्त स्पर्धामा १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी नेपालकी सन्तोषी श्रेष्ठले पनि प्रतिस्पर्धा गरेकी थिइन् । सन्तोषीले भने दौड पूरा गर्न सकिनन् ।

राजपुराले निर्धारित दूरी पूरा गर्न १७ मिनेट ०५.३४ सेकेन्डको समय निकालिन् । यो प्रदर्शन उनको अहिलेसम्मकै उत्कृष्ट समय हो । उनको यसअघिको व्यक्तिगत उत्कृष्ट समय १७ मिनेट ५८.५४ सेकेन्ड थियो ।

भारतकी पारुल चौधरीले स्वर्ण, जापानकी रिरिका हिरोनाकाले रजत र कजाखस्तानकी क्यारोलिन छेपकोइचले कांस्य पदक जिते ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.