default_image

8 months ago

October 4, 2023

काभा भलिबल च्यालेन्ज कप– नेपालसहित ६ टोलीले खेल्ने

3570 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकु)– नेपाली राष्ट्रिय भलिबल टोलीले अर्को सातााबाट श्रीलंकामा सुरु हुने कामा पुरुष भलिबल च्यालेन्ज कपमा प्रतिस्पर्धा गर्ने भएको छ । असोज २२ गते सुरु हुने प्रतियोगितामा ६ टोलीको सहगिता रहेको छ ।

राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज २२ गते बंलादेशसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल असोज २३ गते श्रीलंकासँग, तेस्रो खेल असोज २४ गते अफगानिस्तानसँग खेल्नेछ । असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

फाइनल र तेस्रो स्थानको खेल असोजज २८ गते हुनेछ । चीनमा जारी १९ औं एसियाली खेलकुदमा भाग लिएर फर्केको नेपाली टोली त्यसपछि नियमित प्रशिक्षणमा रहेको छ ।

साझ ५ः०० बजे सम्पादन गरिएको ।

May 27, 2024

एनभिए भलिबलको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा शनिबार सुरु हुने आठौं प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । प्रत्यक्ष प्रसारणका लागि गत साता भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । गत चैतमा सम्पन्न आठौं आरबिबिएभिए भलिबल […]

May 26, 2024

जापानमा पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप हुने

काठमाडौं । पर्वत समाज जापानकाे आयाेजनामा जापानमा आगामी साउन तेस्राे साता प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप २०२४ आयोजना हुने भएकाे छ । पर्वत समाज जापानले आगामी साउन १९ गते शनिबार (३ अगस्ट २०२४) प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता तोडा सिटी स्पोर्टस् सेन्टरमा हुनेछ । जापानमा […]

May 25, 2024

खानीखोलालाई बेथानचोक कप भलिबलको उपाधि

काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)- खानीखोला गाँउपालिकाले पाँचौं बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको शनिबार मण्डनदेउपुर नगरपालिकालाई हराउँदै खानी खोलाले उपाधि जितेको हो । खानीखोलालर ८० हजार, मण्डनले ५० हजार र संयुक्त रुपमा समान २० हजार रुपैयाँ प्राप्त गरे । ढुंखर्कस्थित पार्वती मा.वि.को […]

Success

Thank you for your time.