2 years ago
October 8, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद (एसियाड) ५ वटा संस्करणको रिपोर्टिङ गरेका नेपाली खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) ले सम्मान गरेको छ ।

एआइपिएस एसियाले ५ र सो भन्दा बढी पटक एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिएका एसियाभरका पत्रकारहरुलाई चीनमा जारी १९ औं एसियाडका क्रममा कदर गर्ने क्रममा राजवंशी सम्मानित भएका हुन्।
मेन प्रेस सेन्टरमा आयोजित कार्यक्रममा ओलम्पिक च्याम्पियन तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का सदस्य सियोङ मिन रियु, एआइपिएस एसियाका अध्यक्ष हि डोङ जोङ र उपाध्यक्ष मुबारक अल बोनिनले प्रमाणपत्र प्रदान गरेका थिए ।
एआइपिएसले अन्तर्राष्ट्रिय रुपमा लामो समय रिपोर्टिङ गर्ने पत्रकारहरुलाई सम्मान गर्ने परम्पराको सुरु गरेपछि एआइपिएस एसियाले यो वर्षको एसियाड सम्मानको अभियान सुरु गरेको हो । जसमा यो वर्ष ६९ जना पत्रकारहरु सम्मानित भए ।
राजवंशीले सन् १९९८ को बैंकक, सन् २००२ को बुसान, सन् २०१० को ग्वान्जाउ, सन् २०१४ को इन्चोन तथा हाङ्गचौं एसियाडमा रिपोर्टिङ गरेका थिए । सम्मानित भएपछि राजवंशीले भने,’एसियाली खेलकुदमा रिपोर्टिङ गरेको पनि २५ वर्ष भइसकेछ । त्यसमा अन्तर्राष्ट्रिय रुपमा सम्मानित हुन पाउँदा खुसी लागेको छ ।’ राजवंशी एआइपिएस एसियाका कोषाध्यक्ष र नेपाल खेलकुद पत्रकार मन्चका पूर्व अध्यक्ष हुन् ।

सम्मानित हुनेहरुमा सबैभन्दा वढी १० पटक एसियाडमा भाग लिएका चीनका वेई सेङ थिए ।कार्यक्रममा एआइपीएस एसियाका अध्यक्ष हि डोङ जोङ अब एसियाडको हरेक संस्करणमा धैर्यतापूर्वक लामो समय योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान नियमित रुपमा गर्ने बताए । उनले भने, ‘ एसियामा लामो समय खेलकुद पत्रकारितामा योगदान दिनेहरु धेरै छन् । हामी ती सबैलाई सम्मान गर्दै जानेछौं।’
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]