2 years ago
October 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ मा भाग लिन नेपाली पुरुष भलिबल टोलीलाई आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कप असोज सोमबारदेखि २८ गते सम्म हुने छ । राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज २२ गते बंलादेशसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेल असोज २३ गते श्रीलंकासँग, तेस्रो खेल असोज २४ गते अफगानिस्तानसँग खेल्नेछ । असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।
फाइनल र तेस्रो स्थानको खेल असोजज २८ गते हुनेछ । चीनमा जारी १९ औं एसियाली खेलकुदमा भाग लिएर फर्केको नेपाली टोली त्यसपछि नियमित प्रशिक्षणमा रहेको थियो । अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा आउका प्रशिक्षक हान आविङ्गले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]