default_image

8 months ago

October 11, 2023

बलियो अफगानिस्तानको सामना गर्दै नेपाल

2503 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा बलियो अफगानिस्तानको सामना गर्दैछ । नेपाल र अफगानिस्तानबीचको बुधबार दिउँसो नेपाली समानुसार १ः४५ बजे सुरु हुनेछ ।

नेपालले यसअघिका दुई मध्ये एक खेलमा जित र अर्कोमा हार बहोरेको छ । दोस्रो खेलमाआयोजक श्रीलंकासँग मंगलबार ३–० ले पराजित भएको नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–१ ले हराएको थियो ।

अफगानिस्तानले भने पहिलो खेलमा उज्वेकिस्तान र बंगलादेशलाई हराएको थियो । आयोजक श्रीलंकाले पनि दुवै खेल जितेको छ । उज्वेकिस्तानले १ खेल जितेको छ । बंगलादेश र साउदी अरेबियाले भने दुबै खेल गुमाएका छन् ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

June 21, 2024

अस्ट्रेलियामा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने

सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ आयोजना हुने भएको छ । एलिट गोर्खा स्पोर्ट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य प्रायोजनमा खुल्ला पुरुष तथा ३५ बर्षमाथि गरि दुई विधाको ‘ग्लोबल मिट कप २०२४’ आगामी जुन ३० तारिखमा हुन लागेको हो । एक दिने प्रतियोगिता […]

June 21, 2024

गोल्डेनगेट एसईई कप यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसईई कप २०२४’ शनिबारदेखि हुने भएको छ । यसैपालि एसईई (सेकेन्डरी एजुकेसन एक्ज्यामिनेसन) दिएका करिब १ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । तीन दिने प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीस्थित हलमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेकी अध्यक्ष मोनालिशा खम्बूले बताइन् । उनकाअनुसार प्रतियोगिता ओपन […]

June 19, 2024

लुम्बिनी प्रदेश यु–१९ महिला टोलीको छनोट

सुमन अधिकारी, बुटवल नेपाल भलिबल संघको आयोजनामा असार ९ गतेबाट काठमाडौंमा सुरु हुने प्रथम सहाना प्रधान यु १९ महिला तथा पुरुष भलिवल प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको १२ सदस्यीय महिला टोलीको बुटवलमा छनोट भएको‌ छ । प्रदेश भलिबल संघको अनुगमनमा संघका उपाध्यक्ष यम गुरुङ, रेफ्रि बुद्धि बशस्यालसहितको उपस्थितिमा भएको छनौटमा विभिन्न जिल्लाबाट सहभागी २८ जनाबाट टोलीको […]

Success

Thank you for your time.