default_image

2 years ago

October 20, 2023

एरिकालाई जिल्ला प्रमुख डोजो लगनखेलको सम्मान

560 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – नेपाल कराते महासंघ, ललिपुर जिल्ला प्रमुख डोजो, लगनखेलले १९ औं एसियाली खेलकुद (एसियाड) मा रजत पदक विजेता करातेकी एरिका गुरुङलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

चीनमा असोज ६ देखि २१ गते सम्म आयोजना भएको हाङ्गचौं एसियाडमा एरिकाले रजत र महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । एसियाडमा नेपाली खेलाडीले यसअघि ३ वटा कास्य पदक जितेपनि रजत पदक भने पहिलो पटक एरिकाले दिलाइएकी हुन् । एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो स्थान प्राप्त गरेकी थिइन् ।

नेपाल कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतले एरिकालाई नगद ५० हजार रुपैयाँ सहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

डोजोले विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा लगनखेलस्थित आफ्नै हलमा आयोजना गरेको सो कार्यक्रममा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठलाई १० हजारसहित सम्मान ग¥यो ।

विप्लभले पनि १९ औं एसियाडमा प्रतिस्पर्धा गरेकोमा कांस्य पदक भिडन्तमा पराजित भएका थिए । एसियाड टोलीका प्रशिक्षक वीरकृष्ण शाही र व्यवस्थापक निवासगोपाल वैद्य पनि समान ५ हजार रुपैयाँसहित सम्मानित भए ।

सोही अवसरमा नेपाल सितोरियो कराते संघको अध्यक्षमा निर्वाचित दावा गुरुङ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षमा निर्वाचित दीपक श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । नेपाल एकायन कराते संघले पनि शुक्रबार एरिकालाई २० हजार रुपैयँसहित सम्मान गरेको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.