2 years ago
October 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)- धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोजकुमार श्रेष्ठ बिहीबार मृत फेला परेका छन् ।

गंगाजमुना गाउँपालिका–४ गुम्दीका २३ बर्षका मनोज सिद्धलेक गाउँपालिका ३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ।
तमु युवा समाज सिद्धलेक २ ले आयोजना गरेको भलिबल प्रतियोगितामा खेलेर उनीसम्मिलित टोली बास बस्ने क्रममा सिद्धलेक ३ गएकाे भन्ने जानकारी पाएको धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरूङले बताए । उनका अनुसार आजका खेलहरू स्थगित गरिएको छ ।
मनोजले बागमती प्रदेशको भलिबल टोली,टिप टप हेल्प नेपाललगायत विभिन्न क्लबबाट घरेलु भलिबल खेल्दै आएका थिए। उदियमान खेलाडीको रुपमा रहेको मनोज नेपालको यू–२३ भलिबल टोलीको प्रशिक्षणमा समावेश भएपनि अन्तिम टोलीमा स्थान भने बनाउन सकेका थिएन ।
तर, उनी घरेलु भलिबलमा भने निकै चर्चित छन् । एक साताअघि उनकै कप्तानीमा धादिङले बागमती प्रदशे स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]