default_image

10 years ago

August 12, 2015

गिनिजलाई डण्डीबियो उपाधि

230 views

0 Bookmark

गिनिज इन्टरनेसनल उमाविले प्रथम उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

उपत्यकाव्यापी उमाविस्तरीय डण्डीबियो विजेतालाई ट्रफी प्रदान गर्दै सदस्य–सचिव केशवकुमार विष्ट ।

उपत्यकाव्यापी उमाविस्तरीय डण्डीबियो विजेतालाई ट्रफी प्रदान गर्दै सदस्य–सचिव केशवकुमार विष्ट ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राङ्गणमा भएको फाइनलमा जिनिजले ग्लोरी इङलिस बोर्डिङ स्कुललाई ३०४–२३२ अंकले पराजित गर्‍यो । जितमा सजन यादवले सर्वाधिक १०६ अंक योगदान गरे । त्यस्तै देशान्त निरौलाले ६४, महेश टमाटाले ४९, सन्जिव दाहालले ४१ तथा विजय थापाले ४४ अंक जोडे ।
तेश्रो स्थानका लागि भएको खेलमा आइडियल उमाविले सन्जिवनी वैकल्पिक उमाविलाई २९०–१८० ले हरायो । आइडियलका अल्विस राना मगरले सर्वाधिक ८५ अंक बटुले ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश: १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले पुरस्कृत गरे ।
परम्परागत तथा मौलिकता बोकेका खेललाई संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले राखेपद्वारा आयोजित दुईदिने प्रतियोगितामा उपत्यकाका ९ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जनाएका छन् ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.