2 years ago
November 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

ढोरपाटनका अध्यक्ष मनवीर छन्त्याल र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले प्रत्यक्ष प्रसारण सम्बन्धि सम्झौतामा सोमबार हस्ताक्षर गरेका थिए । ढोरपाटन क्लबले यसपटक माघ १२ देखि २२ गते सम्म नयाँ बसपार्कस्थित मैदानमा लिग आयोजना गर्दैछ ।
ढोरपाटन महिला लिग २०७६ पछि आयोजना हुन लागेको हो । कोरोना भाइरस (कोभिड–१९) पछि प्रतियोगिता रोकिएको थियो । ११ दिनसम्म चल्ने प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो केहि दिनमै लाग्ने अध्यक्ष छन्त्यालले बताए । अघिल्लो संस्करणको विजेताले ४ लाख ५ हजार रुपैयाँ प्राप्त गेर्नछ ।
यसपटक तेस्रोले १ लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौले ५० हजार, छैटौले टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछिन् भने विधागतका उत्कृष्टलाई समान ५ हजार पाउनेछन् । प्लेयर अफ दि म्याच र भाग्यशाली दर्शकको लागि पनि आकर्षक पुरस्कार राखिएको क्लबका अध्यक्ष छन्त्यालले जानकारी दिए ।
१५औं संस्करणसम्म आइपुग्दा एपिएफले सर्वाधिक ८ पटक उपाधि जितेको छ । ५ पटक पोखराको ज्ञानुबाबाले जितेको थियो । नेपाल पुलिस क्लब र रिड मोडल समान १ पटक जितेका थिए । ढोरपाटनले गत वर्ष आयोजना गरेको पुरुष प्रतियागिताको आर्मी च्याम्पियन बनेको थियो । १६औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको झण्डै ५१ लाख रुपैयाँ खर्च हुने क्लबको अनुमान छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]