2 years ago
November 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५ वर्षको लागि ऊक्त कार्यत्रमको घोषणा गरेको हो । महासंघका अनुसार शिक्षामा बुद्धिचाल अन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आबद्ध विद्यालयमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षक दिने र त्यसपछि प्रत्येक स्कुलमा बुद्धिचाल प्रतियोगिता आयोजना गरी समान २ महिला र पुरुष खेलाडी छनोट गरिनेछ ।
त्यसपछि छनोट भएका खेलाडीबीच प्रदेश स्तरीय प्रतियोगिता गराएर कम्तीमा १० जना खेलाडीलाई कक्षा ५ देखि १२ कक्षासम्म पठन पाठनको लागि निशुल्क छात्रबृत्ति प्रदान गरिने बताइएको छ । कार्यक्रम ५ बर्ष चल्ने र भविष्यमा अन्य प्रदेशमा पनि विस्तार गरिँदै लगिने जनाइएको छ ।
महासंघले कार्यत्रमका लागि ब्याब्सन बागमती प्रदेशसँग ५ बर्षे सम्झौता समेत गरेको छ । सोमबारनै उक्त सम्झौता पत्र महासंघका कार्यबाहक अध्यक्ष हेराकाजी महर्जन र प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशबलाल श्रेष्ठले आदान प्रदान गरे ।महासंघका अध्यक्ष महर्जनले प्याब्सनसँगको सहकार्यले बुद्धिचाल खेलको विकासमा नयाँ आयाम भएको बताए ।
महासंघले प्रतियोगिता सञ्चालन गर्नुअघि हरेक विद्यालयमा शिक्षकलाई बुद्धिचाल खेलको प्राविधिक प्रशिक्षण दिने समेत जनाएको छ ।शिक्षामा बुद्धिचाल कार्यक्रमको सम्पूर्ण खर्च प्याब्सन बागमती प्रदेश गर्ने अध्यक्ष श्रेष्ठले बताए । बागमती प्रदेशमा प्याब्सनसँग करिब ४ हजार विद्यालय आबद्ध रहेको बताइएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]