2 years ago
November 22, 2023
काठमाडौ ( हाम्रो खेलकुद) – सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन राष्ट्रिय टिमका एमेच्योर गल्फर सदभाव आचार्य ४ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन्।

गोकर्ण गल्फ क्लबमा जारी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सदभावले आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १४-अन्डर २ सय २ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ४ स्ट्रोकले पछि पारे। ४ स्ट्रोकको अग्रतामा सदभावले उपाधि जित्ने संभावना बलियो बनाएका छन्।
दिनेशले ३-अन्डर ६९ अंक जोडदा समग्रमा १०-अन्डर २ सय ६ सहित दोस्रो स्थानमा कायमै रहेका छन्। उनी प्रोफेसनलतर्फ भने सबैभन्दा अगाडि रहेका छन्। समग्रमा ७-अन्डर ३ सय ९ को सानदार स्कोरमा भुवन नगरकोटी तेस्रो स्थानमा उक्लिए। भुवनले आज दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा ७-अण्डर ६५ खेले।
सञ्जय लामा र जयराम श्रेष्ठ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन। आज सञ्जयले ३-अन्डर ६९ र जयरामले ३-ओभर ७५ को प्रदर्शन गरे। धन बहादुर थापा र एमेच्योर खेलाडी टासी छिरिङ समग्रमा इभन-पार २ सय १६ सहित संयुक्तरुपमा छैटौ स्थानमा रहे। धनले आज १-ओभर ७३ र टासीले २-ओभर ७४ स्कोर गरे।
आज १-ओभर ७३ अंक बनाएका नीरज तामाङ समग्रमा २-ओभर २ सय १८ सहित आठौं स्थानमा रहेका छन्। यस्तै समग्रमा ४-ओभर २ सय २० सहित रवि खड्का र प्रदीप कुमार लामा संयुक्तरुपमा नवौँ स्थान बाँडे। रबिले आज इभन-पार ७२ र प्रदीप कुमार लामाले २-ओभर ७४ को स्कोर गरे।
यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका सदभावले आज पनि लोभलाग्दो सुरूवात गरे। दोस्रो देखि पाँचौँ होलमा लगातार चार बर्डी प्रहार गरे। ३-पारको आठौं होलमा एक सट खेर फाले। नवौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। ब्याक नाइनको सुरूवात पनि राम्रो गरे।
१० औं होलमा बर्डी र ५-पारको ११औं होलमा इगलको सफलता प्राप्त गरे। यतिखेर सदभावले ७-अन्डर बनाइसकेका थिए। तर उनले यो स्कोरलाई कायमै राख्न सकेनन। १५औं, १६औं र १७औं होलमा एक-एक सट खेर फाल्दा ब्याक नाइन इभन-पार ३६ मा सकाए।
दिनेशले दिनको सुरूवात बोगीबाट गरे। यसपछि चौथो, छैटौं, सातौं, र आठौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। यसपछि १२औं होलमा बर्डी र १५औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन इभन-पार ३६ मा सकाए।
भुवनले आज दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले तेस्रो, चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। ३-पारको आठौं होलमा भने डबल बोगी खेपे। यसपछि १०औं, ११औ, १३औं र १७औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ४-अन्डर ३२ मा पुरा गरे।
७२ होलको ४ दिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहेको छ। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९४ हजार र ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]