default_image

2 years ago

November 23, 2023

एमेच्योर सद्भावले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

383 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा एमेच्योर गल्फर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन् ।

सद्भावले व्यावसायिक गल्फर दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन् । यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए ।

प्रतियोगिताको अन्तिम दिन विहीबार ३-अन्डर ६९ स्कोर गर्दै सद्भावले समग्रमा १७-अन्डर २ सय ७१ को उत्कृष्ट स्कोरका साथ प्रोफेसनल र एमेच्योर दुवै तर्फको उपाधि जितेका हुन् । इभन-पार ७२ खेल्दै समग्रमा १०-अन्डर २ सय ७८ सहित दिनेश प्रजापति समग्रमा दोस्रो भए । व्यावसयिकतर्फ पहिलो बनेका उनले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गरे ।

समग्रमा ७-अन्डर २ सय ८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए । उनले अन्तिम दिन इभन-पार ७२ मा खेल सकाए । प्रोफेसनलतर्फ दोस्रो हुँदा उनले नगद ९४ हजार नगद पुरस्कार हात पारे । २-ओभर ७४ स्कोरका साथ समग्रमा इभन-पार २ सय ८८ प्रदर्शनमा संजय लामा चौथो भए । उनलाई ७० हजार प्रदान गरियो ।

समग्रमा २-ओभर २ सय ९० को स्कोरमा निरज तामाङ पाँचौ भए । उनले अन्तिम १८ होलको खेल इभन-पार ७२ मा सकाए र ५८ हजार नगद पुरस्कार आफ्नो नाममा लेखाए ।

पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए । आज ३-ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३-ओभर २ सय ९१ को नतिजामा प्रतियोगिता सकाए । समग्रमा उनी छैटौं भए ।

अन्तिम १८ होलको सुरूवात गर्दा आज सद्भावसँग ४ स्ट्रोकको अग्रता थियो । सदभावले पहिलो र दोस्रो होलमा लगातार दुई बोगी प्रहार गरे भने तेस्रो होलमा बर्डी प्रहार गरे । दिनेशले भने पहिलो दुई होलमा पार बचाउँदा ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गर्दा सदभावको अग्रता मात्र १ स्ट्रोकमा झरिसकेको थियो ।

यसपछि सद्भावले तेस्रो, चौथो र छैटौं होलमा बर्डी प्रहार गरे र फ्रन्ट नाइनको खेल सकिदा ७ स्ट्रोकको अग्रता बनाइसकेका थिए। दिनेशले भने तेस्रो होलमा इगल प्रहार गरेपनि चौथो, छैटौं, आठौं र नवौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३८ मा सकाए ।

यसपछि ब्याक नाइनमा सदभावले दशौं देखि तेह्रौं होलमा लगातार बर्डी प्रहार गर्दा उपाधि जित्ने संभावनालाई लगभग सुनिश्चित गरे । अन्य गल्फरले चुनौती समेत दिन सकेनन । यसपछि १४औं र १६औं होलमा बोगी खेपे पनि ब्याक नाइन २-अन्डर ३४ मा पुरा गर्दै करियरको दोस्रो प्रोफेसनल उपाधिको हकदार बने । दिनेशले १४औं होलमा एक सट खेर फाले भने १०औं, ११औं र १७औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अण्डर ३४मा सकाए ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको थियो । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.