default_image

2 years ago

November 28, 2023

ढोरपाटन महिला लिगको ट्रफी हस्तान्तरण

1581 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करणको ट्रफी हस्तान्तरण गरिएको छ । प्रतियोगिताका बारेमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रफी हस्तान्तरण गरिएको हो ।


नेपाल भलिबल संघकी सल्लाहकार ज्योती केसीले प्रायोजन गरेको ट्रफी सोही कार्यक्रममा ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललाई हस्तान्तरण गरिन् । ढोरपाटन क्लबले यसपटक माघ १२ देखि २२ गते सम्म नयाँ बसपार्कस्थित मैदानमा लिग आयोजना गर्दैछ ।

ढोरपाटन महिला लिग २०७६ पछि आयोजना हुन लागेको हो । कोरोना भाइरस (कोभिड–१९) पछि प्रतियोगिता रोकिएको थियो । ११ दिनसम्म चल्ने प्रतियोगितामा बढीमा ९ टोलीको सहभागिता रहने अध्यक्ष छन्त्यालले जानकारी दिए ।
प्रतियोगिताको विजेता ५ लाख १ हजार र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अघिल्लो संस्करणको विजेताले ४ लाख ५ हजार रुपैयाँ प्राप्त गेर्नछ ।

यसपटक तेस्रोले १ लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौले ५० हजार, छैटौले टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । तियोगिताको सर्वाेत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछिन् भने विधागतका उत्कृष्टलाई समान ५ हजार पाउनेछन् । प्लेयर अफ दि म्याच र भाग्यशाली दर्शकको लागि पनि आकर्षक पुरस्कार राखिएको क्लबका अध्यक्ष छन्त्यालले जानकारी दिए ।

नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले भलिबल विकासमा ढोरपाटन महिला लिगको भूमिका रहँदै आएको बताए । १५औं संस्करणसम्म आइपुग्दा एपिएफले सर्वाधिक ८ पटक उपाधि जितेको छ । ५ पटक पोखराको ज्ञानुबाबाले जितेको थियो ।

नेपाल पुलिस क्लब र रिड मोडल समान १ पटक जितेका थिए । ढोरपाटनले गत वर्ष आयोजना गरेको पुरुष प्रतियागिताको आर्मी च्याम्पियन बनेको थियो । १६औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको झण्डै ५१ लाख रुपैयाँ खर्च हुने क्लबको अनुमान छ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.