2 years ago
November 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पुराना खेलकर्मी तथा मिस नेपालको आयोजक हिडन ट्रेजरका पूर्व अध्यक्ष सुवर्ण क्षेत्रीको आत्मकथा सपना, विश्वास र अठोट बिहीबार लोकापर्ण भएको छ ।

क्रिएटिभ्स बुक्सले प्रकाशन गरेको क्षेत्रीको आत्मकथा उद्योगपति एवंम् साहित्यकार बसन्त चौधरी, प्रथम मिस नेपाल रुबी राणा, जेसिज नेपालका पूर्व अध्यक्ष गजेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार पी खरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष विष्णुगोपाल श्रेष्ठ, क्षेत्री, प्रकाशक टीएस ठकुरी र सह लेखक जनक नेपालले संयुक्त रुपमा अनवरण गरेको थिए ।
नेपाली खेलकुदमा आबद्धता, राखेप सदस्य, खेलकुद पत्रकारिता, जेसिज अभियान, एसियाली खेलकुद (एसियाड) मा सेभ दि मिसन हुँदाको अनुभवलाई आत्मकथामा समेटिएको छ । वक्ताहरुले क्षेत्रीलाई बहुआयमिक व्यक्तित्व र आफूसँगको सम्बन्धका बारेमा प्रकाश पारेका थिए । साहित्यकार चौधरीले ४ दशक देखिको आफूहरुको सम्बन्धलाई स्मरण गरेका थिए । लामो संगतको अनुभवबाट क्षेत्रलाई विश्वास गर्न योग्य व्यक्तिका रुपमा पाएको बताए ।
राखेप पूर्व कोषाध्यक्ष श्रेष्ठले शरदचन्द्र शाहको नेतृत्वमा आफूहरु खेलकुद विकासमा प्रतिबद्ध भएर लागेको स्मरण गरे । ‘नेतृत्वको प्रतिबद्धता भएको अवस्थामा काम गर्न सहज र सफल हुन सकिन्छ,’, उनले भने,‘ सुवर्ण जी हामी त्यहि अनुसार अघि बढेका हौं ।’ उनले आफ्नो अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न क्षेत्रीको पुस्तक सार्थक हुने विश्वास लिएको बताए ।

पूर्व मिस नेपाल राणाले क्षेत्री आफ्ना लागि मात्र नभई धेरैका लागि अभिभावक, संरक्षक र पिता समान भएको बताइन् । वरिष्ठ पत्रकार खरेलले खेलकुदको सदस्य सचिव शाहको नेतृत्वमा क्षेत्रीलगायतको कार्यकाल स्वर्णिम रहेको र त्यति बेला खेलकुद पत्रकारिताले केहि आकार लिएको बताए । जेसिसका पूर्व अध्यक्ष श्रेष्ठले क्षेत्रीलाई अनुशासित, सहयोगी, मेन्टर , राम्रो लेख्न र बोल्न सक्ने क्षमता भएको व्यक्तित्वका रुपमा आफूले लिने गरेको बताए ।
कार्यक्रममा क्षेत्रीले आफ्नो जीवनको उतार चढावलाई पुस्तकमा समेटिएको बताए । उनले इतिहास बिर्सियो भने बर्तमानमा अप्ठेरो पर्ने चर्चा गर्दै होटलको रोजगारी, पत्रकारिता, खेलकुदमा प्रवेश र पछिल्लो समय जेसिज हुँदै हिडन ट्रेजर सम्मको यात्राको स्मरण गरेका थिए । सन् १९८६ सिओल एसियन खेलकुद (एसियाड) मा क्षेत्री नेपाली टोलीको सेफ द मिसन थिए । त्यतिबेला नेपालले ८ वटा पदक जितेको थियो । एसियाड इतिहासमा त्यो नेपालको अहिले सम्मको सफल एसियाड हो ।
प्रकाशक ठकुरीले क्षेत्रीको यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको श्रोत हुन सक्ने बताए । उनले खेलकुदमा लिखित दस्तावेजको कमी रहेकोले क्षेत्रीको आत्मकथाले त्यो समयलाई केहि प्रकाश पार्ने बताए । सह लेखक नेपालले क्षेत्रीको जीवन यात्रा रोचक र प्रेरणादायी रहेको बताए । आत्मकथा बिहीबारबाट बजारमा विक्री पनि सुरु भएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]