2 years ago
December 7, 2023
काठमाडौं(हाम्रो खेलकुद)- नेपाल स्क्वास र्याकेट संघको आयोजनामा हुने एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिताका लागि एक्स स्टेपले प्रायोजन गरेको छ ।

सातदोबाटोस्थित संघको भवनमा एक कार्यक्रमबीच एक्स स्टेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले बिहिबार संघका महासचिव लोकेन्द्रसिंह भण्डारी तथा प्रतियोगिता निर्देशक दिलिप नरसिंह अधिकारीलाई खेल सामाग्री हस्तान्तरण गरे ।
यस प्रतियोगितामा रहेका छ विधाका विजेता
खेलाडीहरुलाई पुरस्कारस्वरुप एक्सस्टेपको खेल पोशाक प्रदान गरिनेछ । संघ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास हुन लागेको हो । प्रतियोगिता मंसिर २४ देखि २९ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा नेपालका राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहनेछ । प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु१९, गल्र्स यु१९, मास्टर्स ५० वर्ष माथि र प्लेट विधा खेलाइनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]