default_image

2 years ago

December 8, 2023

कर्णालीमा हुने दसौं राष्ट्रिय खेलकुदका लागि समन्वय बैठक

336 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा अर्को वर्ष आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप समन्वय बैठक शुक्रबार सुर्खेतमा सम्पन्न भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकमा संघिय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप ) सदस्य सचिव टंकलाल घिसिङ सहभागी भए ।

बैठकमा प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माणतर्फ  पुस मसान्तभित्र एक अर्व बजेट सुनिश्चित गरि दिन प्रदेश खेलकुद विकास परिषद् कर्णालीले संघीय सरकार समक्ष प्रस्ताव राखेको छ ।

प्रदेश खेलकुद विकास परिषद कर्णालीका सदस्य सचिव विश्वमित्र सन्ज्यालले दसौं राष्ट्रिय खेलकुदको तयारी सम्बन्धमा हाल सम्म भएका प्रगति र अवस्था बारे प्रस्तुती राखे।

हाल सम्मको तयारीले कर्णालीमा २८ वटा खेल आयोजना गर्न सकिने तर पूर्वाधार निर्माणका लागि बजेट सुनिश्चित हुनु पर्ने माग गरिएको छ । जिल्लाहरुमा रहेका भौतिक पूर्वाधारको अवस्था तथा बसोबास क्षमताका आधार विभिन्न जिल्लाहरुमा प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ ।

बैठकमा युवा तथा खेलकुदमन्त्री लिम्बुले दसौं राष्ट्रिय खेलकुदका लागि कर्णाली  उठेको भन्दै संघिय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । बैठकमा उठेको प्रश्नहरुको जवाफमा मन्त्री लिम्बुले प्रतियोगिता कुनै पनि अवस्थामा निर्धारित मिति आगामी बर्ष मंसिरमा नै सम्पन्न गर्न तीनै तहको जिम्मेवारी भएको बताए।  प्रतियोगिताका लागि आवश्यक समन्वय र सहयोग गर्न सरकार तयार रहेको बताए ।

राखेप सदस्य सचिव घिसिङले प्रदेश खेलकुद तथा सरकारको तयारीले राखेप उत्साहित भएको भन्दै उपसमितिहरु दोहोरो नपर्ने गरि बनाउनु पर्ने बताए । व्यवस्थापन सम्बन्धि उपसमितिहरु स्थानिय तहबाटै र प्राविधिक र खेल सन्चालन संग सम्बन्धित समितिहरु केन्द्रबाट बनाउनु उपयुक्त हुने उनले सुझाव दिए। नवौं राष्ट्रिय खेलकुदमा भएको कमजोरीबाट शिक्षा लिदै दसौं खेलकुदको तयारी गरिने घिसिङको भनाई छ ।

प्रदेशका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलको अध्यक्षतामा भएको बैठकमा प्रदेश आर्थिक मामिला मन्त्री बेदराज सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव, विभिन्न जिल्लाका खेलकुद समितिका अध्यक्ष, खेल संघका प्रतिनिधि, उद्योग बाणिज्य संघका अध्यक्ष, तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरुले प्रतियोगिता तोकिएकै मितिमा गर्न र आवश्यक सहयोग पु¥याउन संघिय सरकार संग माग गरेका छन् । दसौं २०८१ मंसिर २ देखि ९ गतेसम्मका लागि तय भएको छ ।


खेलकुद मन्त्री र मुख्य मन्त्रीबीच छलफल

संघिय युवा तथा खेलकुदमन्त्री लिम्बुले र कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्माबीच दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बिषयमा सम्वाद भएको छ । दसौं राष्ट्रिय खेलकुद आयोजनाको तयारी गरि रहेको राखेप र प्रदेश सरकारबीच आवश्यक समन्वय र सहकार्यका लागि छलफल भएको राखेपले जनाएको छ।

मुख्य मन्त्री कार्यालयमा भएको छलफलमा संघिय खेलकुद मन्त्री लिम्बुले प्रदेशको तयारी उत्साहजनक रहेको र केन्द्र सरकारले पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, राखेप सदस्य सचिव घिसिङ, प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल लगायतको सहभागिता थियो ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.