2 years ago
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली तथा एपिएफका खेलाडी डडेल्धुराका टेकराज अवस्थी उत्कृष्ट युवा पुरस्कार–२०२३ बाट सम्मानित भएका छन्।

बुटवलमा नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार टेकराज उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका हुन् ।
नेपाल जेसीजले विभिन्न विधामा विशिष्ट योगदान गरेका युवालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ। भलिबलका माध्यमबाट खेलकुद विकासमा योगदान पुर्याएको भन्दै टेकराजलाई युवा पुरस्कारबाट सम्मानित गरिएको हो।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उनलाई स्वर्णपदक र १० हजार रुपैयाँ प्रदान गरेका थिए।
डडेल्धुरा जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी भोजराज अवस्थीले टेकराजलाई पुरस्कारका लागि डडेल्धुरा जेसीजले सिफारिस गरेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]