default_image

2 years ago

December 16, 2023

प्रधान छैटौं पटक व्यायाम मन्दिरको अध्यक्ष चुनिए

476 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल व्यायाम मन्दिरको शनिबार भएको २३ औं साधारण सभाले नारायण प्रधानलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । प्रधान छैटौं पटक अध्यक्ष चुनिएका हुन् । २०१० सालमा स्थापित व्यायाम मन्दिर नेपालको अग्रणी खेल संस्था मध्येको हो ।

साधारण सभाले मन्दिरको बरिष्ठ उपाध्यक्षमा अजय बज्राचार्य, उपाध्यक्षमा नानी काजी डंगोल र अनिललाल श्रेष्ठ, महासचिवमा सूर्य प्रसाद जोशी, सचिवमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा प्रशान्त सिंह र सहकोषाध्यक्षमा नरेश नेपालीलाई पनि सर्वसम्मत चयन गरेको छ ।

सदस्यहरुमा इश्वर खड्गी, अर्जुन बर्णवाल र रेन बहादुर श्रेष्ठ सर्वसम्मत चुनिए । मन्दिरको कार्य समितिमा वडा तथा स्थानियबाट २ जना र मनोनित २ सदस्य समेत गरि १५ सदस्यीय रहनेछ । शनिबार बसेको कार्यसमितिले लुना प्रधान र संजीत श्रेष्ठलाई मनोनित गरेको छ ।

यस अघि बसेको साधारण सभाको बन्द सत्रले अध्यक्ष, महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पास गरेको थियो ।

व्यायाम मन्दिरको सम्मान

व्यायाम मन्दिरले साधारण सभाका दौरान विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । उदयबहादुर श्रेष्ठ र रत्नलाल मानन्धरलाई लाईभ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । व्यायाम मन्दिरमार्फत खेलको विकास र संस्थाको विभिन्न जिम्मेवारीमा रहेकाले पूर्व अध्यक्ष श्रेष्ठ र सदस्य मानन्धरलाई लाईभ टाईम एचिभमेन्ट अवार्ड बाट सम्मानित गरेको हो । दुवैलाई ५५ हजार ५ सय ५५ रुपैयाँका साथै प्रशंसा पत्र प्रदान गरियो ।

सोही अवसरमा विगत चार बर्ष देखि सुरु गर्दै आएको खेलकुद पत्रकार सम्मान बाट रातो पाटीका रोशन सिंह राउत, गोरखापत्रका प्रजित शाक्य, कान्तिपुर टेलिभिजनका प्रदीप लेखी, मेरो फिटनेश प्राईम एएचडी टिभीका देवराज पराजुली, काष्टमण्डप टिभीका रोहित भट्ट र एबिसी टिभीका कवि राज बि.सी.लाई सम्मान गरियो । व्यायाम मन्दिर मिस्टर धर्मश्रीको आयेजक संस्था हो । सम्मानित पत्रकार र जनही १० हजार रुपैयाँ प्रदान गरियो ।

आफ्ना सदस्यहरुका छोरा छोरीहरुले विभिन्न क्षेत्रमा गरेको प्रगतीलाई मध्यनजर गर्दै सन्तती पुरस्कार बाट प्रजल बरिया र श्वेता शाहीलाई १० हजार रुपैयाँ सहित प्रशंसा पत्रले व्यायाम मन्दिरले सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाले विभिन्न व्यक्तित्वलाई सम्मान गरेका थिए ।

यस्तै अभिवक्ता कुमार राज भट्टराईलाई २५ हजार रुपैइाँ सहित बिशेष सम्मान र समाज सेवी बिद्या सागर तुलाधरको तर्फबाट विगतमाझै ब्यायाम मन्दिरको विकासमा सहयोग पु¥याउनुहुने सदस्यहरु कोषाध्यष प्रशान्त सिंह र पूर्ण कुमार मानन्धरलाई २० हजार रुपैयाले सम्मान गरियो।

मन्दिरका उपाधयक्ष नानी काजी डंगोललाई संचालक समितिको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै नेपाल ब्यायाम मन्दिरको खेलाडीको रुपमा विभिन्न प्रतियोगितामा सहाभागिता जनाउनुका साथै पदक प्राप्त गर्न सफल ३७ जना खेलाडीहरुलाई पनि नगदसहित सम्मान गरियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.