2 years ago
December 22, 2023
हिमाल खरेल,बिर्तामोड
स्ट्रेन्थ लिफ्टिङ वर्ल्ड तथा आइबिपी च्याम्पियनसिपको १० औँ संस्करणमा झापाबाट सहभागी तीनैजना खेलाडीले स्वर्ण पदक जितेका छन् ।

भारतको हैदरावादस्थित लालबहादुर शास्त्री इन्डोर स्टेडियममा डिसेम्बर २१ तारिख सम्पन्न प्रतियोगितामा झापाका खेलाडीले स्वर्णसहित दोहोरो पदक जितेको झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले जानकारी दिए ।
प्रतियोगतामा सहभागी झापाका खेलाडीहरुले ३ स्वर्ण र २ रजत पदक जितेको नेपाल स्ट्रेन्थ लिफ्टिङ एसोसिएसन झापाका पूर्वअध्यक्ष एवम् अन्तर्राष्ट्रिय रेफ्री अर्जुन क्षेत्री लम्सालले जानकारी दिए ।
अध्यक्ष भण्डारीका अनुसार झापाका प्रसिद्ध भक्तराज लावटले १ स्वर्ण र १ रजत, सोनी दासले १ स्वर्ण र १ रजत र मेनुका पौडेलले १ स्वर्ण पदक प्राप्त गरेका छन् ।
यसैबीच, प्रतियोगितामा नेपालले १६ स्वर्ण, १४ रजत र चारवटा कास्य पदक जितेको छ । प्रतियोगितामा नेपाल स्ट्रेन्थ लिफ्टिङ एसोसिएसनको तर्फबाट १५ जना महिला, ६ जना अन्तर्राष्ट्रिय रेफ्रीसहित ४५ जना खेलाडीहरु सहभागी भएका थिए ।
स्ट्रेन्थ लिफ्टिङमा युरोप, अमेरिका, एसियासहित १६ वटा मुलुकका खेलाडी तथा रेफ्रीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा १३ वर्षदेखि ८० वर्षसम्म विभिन्न तौल समूहका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
यसअघि तुर्किमिनिस्तान भएको नवौँ स्ट्रेन्थ लिफ्टिङ विश्वकपमा नेपालका तीनजना खेलाडीले मात्र पदक जितेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]