2 years ago
December 22, 2023
काठमाडौं ( हाम्रो खेलकुद)- राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ सेनाको हवल्दारमा बढुवा भएका छन्।

मानबहादुर नायकबाट शुक्रबार हवल्दारमा बढुवा भएका हुन् । २०७१ मा सेनामा प्रवेश गरेका मानबहादुर २०७२ मा लेस नायक र २०७५ मा नायकमा बढुवा भएका थिए।
त्रिभुवन आर्मी क्लबको भलिबल टोलीका सदस्य समेत रहेका उनले सेनामा २०७४ मा स्वीकृती पदक र २०७५ मा प्रधानसेनापति प्रशंसा पदक प्राप्त गरेका थिए।
१९ औं एसियाली खेलकुदबाट नेपाली भलिबल टोलीको कप्तानी सम्हालेका मानबहादुर काभा बीच भलिबलका रजत पदक विजेता टोली हुन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]