2 years ago
December 25, 2023
काठमाडौ (हाम्रो खेलकुद)- चीनमा हुने नु चियाङ वाइल्डवाटर क्यानोइङ इन्टरनेसल ओपनमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले सोमबार खेलाडीसहित ४ सदस्यीय टोलीको विदाई गरे ।
सूर्यप्रसाद जोशीको नेतृत्व रहेको टोलीको प्रशिक्षक युवराज अधिकारी तथा खेलाडीमा विकास गुरुङ र गणेश गुरुङ रहेका छन् । प्रतियोगिता नु चियाङको स्वायत्त प्रान्त युन नानमा आगामी डिसेम्बर २६ देखि जनवरी १ तारिखसम्म हुनेछ ।
एनओसीका अध्यक्ष श्रेष्ठले विदाई कार्यक्रममा भने, ‘ तपाईहरुले प्रतियोगितामा शतप्रतिशत दिएर खेल्नुहोला र सफलता प्राप्त गर्नुहोला ।’

कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस), नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, महासचिव सुदीप गौतम, कोषाध्यक्ष महेश थापा र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको उपस्थिति थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]