2 years ago
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हाङ्गचौमा असोजमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा पदक विजेता र सहभागी खेलाडीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शनिबार सम्मान गरेको छ ।

सो अवससमा सहभागी खेलाडीलाई आयोजकबाट प्राप्त विशेष प्रमाणपत्र पनि प्रदान गरिएको थियो । असोज ६ देखि २१ सम्म आयोजित एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीको सहभागिता थियो ।
नेपालले एसियाडमा एक रजत तथा एक कांस्य पदक जितेको थियो । करातेकी एरिका गुरुङले महिला ६७ केजी तौल समूहमा ऐतिहासिक रजत जितेकी थिइन् । यस्तै महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।
त्यस अगाडि आजै एनओसीको १५ औं साधारण सभा सम्पन्न भएको थियो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बन्द सत्र सन्चालन गरेका थिए । त्यस अवसरमा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्ष सन् २०२३ को प्रगति विवरण पेस गरेका थिए।
कोषाध्यक्ष रतन टण्डनकातर्फबाट कर्मचारी राजन श्रेष्ठले वर्ष सन् २०२३ को आर्थिक विवरण पेस गरेका थिए । उनले अर्को वर्षका लागि अनुमानित बजेट पनि पेस गरे । सभाले दुवै प्रगति तथा आर्थिक विवरणलाई अनुमोदन गरेको थियो । एनओसीका विभिन्न कमिसनले पनि आफ्नो कार्य प्रगति तथा योजना पेस गरेका थिए ।

कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद डिगबहादुर लिम्बूले गरेका थिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ , नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
वक्ताहरूले हाङ्गचौ एसियाडमा नेपालको प्रदर्शनको समीक्षा हुनु पर्ने बताउँदै अबको संस्करणका लागि चाँडै तयारी सुरु गर्नेमा पनि जोड दिएका थिए । अध्यक्ष श्रेष्ठले कार्यक्रममा उद्घाटन सत्रमा धन्यवाद ज्ञापन गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]