9 months ago
January 7, 2024
ललितपुर (हाम्रो खेलकुद)– नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजना रहेको छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल सोमबार सुरु हुँदैैछ ।
ललितपुरको च्यासल स्थित तुल्सिलाल प्रतिष्ठान हलमा पुस २८ गते सम्म लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेता टोलीले २ लाख , दोस्रो टोलीले १ लाख २० हजार , तेस्रोले ६० हजार र चौथो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीले समान १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजको जनाएको छ । प्रतियोगितामा कुल ४ लाख ७० हजार रुपैयाँ पुरस्कार रहेको प्रदान गरिने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी दिए ।
विगत भन्दा फरक शैलीमा खेलाइने प्रतियोगिताका प्रत्येक टिममा वैकल्पिक सहित ५ जना खेलाडी रहनेछन् । जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीहरुलाई ए,बी,सी र डी गरिन चार समूह विभाजन गरिएको छ ।
समूह ‘ए’ मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी छन् । समूह ‘बी’ मा १९०० रेटिङ मुनिका खेलाडी, समूह ‘सी’ मा यु २० र समूह ‘डी’ मा यु १६ वा महिला खेलाडी रहने छन् । वैकल्पिक खेलाडीमा जुन समुहको खेलाडी हो त्यही ठाउँमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेको बताइएको छ ।
प्रतियोगितामा साविक विजेता थापाथली चेस पार्क क्लब , ललितपुर स्पोर्ट्स क्लब , , गोल्डेन गेट क्लब , लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदुर पश्चिम खेलकुद विकास परिषद , दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका , गोदावरी नगरपालिका , पुल्चोक क्याम्पस , ललितपुर जिल्ला बुद्धिचाल संघ गरि २० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले र पुरस्कार वितरण प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्माले गर्ने बताइएको छ।
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रयास मञ्च नेपालले खेलकुद क्षेत्रबाट प्राप्त गरेको उपलब्धि तथा खेलकुदको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीवार सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना गरेको बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । पूर्व धावक गीतकार लामा गत असारमा बंगलादेशको ढाकामा […]
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पाँचौं मिष्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको शव श्रद्धाञ्जलीका लागि शुक्रवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को परिसरमा राखिने भएको छ। काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदीले श्रद्धाञ्जलीको लागि राईको शव दिउँसो २:३० बजेदेखि राखेप परिसरमा राखिने छ जानकारी दिए। संघले राईलाई श्रद्धाञ्जली दिन शारीरिक सुगठन […]
September 19, 2024
हेटौंडा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ। हेटाैंडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो। पलेशालाई १० लाख, एरिकालाई […]