2 years ago
January 13, 2024
ललितपुर (हाम्रो खेलकुद)- दोलखा चेस होम नेपालले छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित तुल्सािलाल स्मृती प्रतिष्ठानको हलमा शनिबार भएको फाइनलमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई हराउँदै दोलखाले उपाधि जितेको हो ।
उपाधि जित्ने क्रममा दोलखाले भक्तपुरलाई ३.५ -०.५ ले पराजित गर्यो। टिमलाई उपाधि जिताउने क्रममा दोलखामा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवालले पुरुषोत्तम सिलवाललाई पराजित गरे ।

दोलखाका सुश्रुत दहालले भक्तपुरका विकास चोकामीसँग बराबरी खेले। त्यस्तै दोलखाका मुहान नर्सिङ श्रेष्ठले स्वर्णिम सुवाललाई र सुजना लोहनीले अभिक शाहलाई पराजित गरिन्।
यस्तै आज नै भएको अर्को खेलमा मवानपुर जिल्ला चेस संघलाई २.५ – १.५ ले पराजित गर्दै कोशी प्रदेश प्रतियोगितामा तेश्रो भयो ।

उपाधिसँगै दोलखाले २ लाख, भक्तपुरले १ लाख २० हजार, कोशीले ६० हजार रमकवानपुरले ४० हजार रुपैयाँ प्राप्त गर्यो । त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीले जनही १० हजार रुपैयाँ पाए।
पुस २२ गतेदेखि राष्ट्रिय स्तरका उत्कृष्ट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगितामा कुल ४ लाख ७० हजार रुपैयाँ पुरस्कार थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]