2 years ago
January 25, 2024
धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन् । आज उनले १–ओभर ७१ स्कोर गर्दा समग्रमा २–अन्डर १ सय ३८ सहित नीरज तामाङलाई एक स्ट्रोकले पछि पारे।
सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता धरान गल्फ क्लबमा जारी छ । प्रतियोगितामा साविक विजेता शुक्रलाई कडा चुनौती दिदै नीरजले १–ओभर ७१ मा दोस्रो दिनको खेल सकाउँदा समग्रमा १–अन्डर १ सय ३९ स्कोर गरेका छन् ।
पुर्व नम्बर एक प्रो भुवन नगरकोटीले २–ओभर ७२ सहित समग्रमा २–ओभर १ सय ४२ को स्कोर तयार पारे । यो स्कोरमा उनी तेस्रो स्थानमा उक्लिए । उनले एमेच्योर गल्फर युवराज भुजेलसँग तेस्रो स्थान बाँडेका छन्।
समग्रमा ४–ओभर १ सय ४४ को स्कोरमा रबि खड्का, राजेन राई र भुवन कुमार रोक्काले संयुक्तरुपमा चौथो स्थान बाँडे। तीनै खेलाडीले आज १–अन्डर ६९ को स्कोर कार्ड बनाए। समग्रमा ६–ओभर १ सय ४६ सहित धन बहादुर थापा र रामे मगर संयुक्तरुपमा सातौं स्थानमा रहे ।
धनले आज २–ओभर ७२ र रामेले ५–ओभर ७५ मा खेल सकाए। सञ्जय लामा,सूर्य प्रसाद शर्मा र दीपक मगरले समग्रमा ७–ओभर १ सय ४७ स्कोर गर्दा संयुक्तरुपमा नवौं स्थानमा रहेका छन। सञ्जय र सूर्यले आज २–ओभर ७२ मा खेला सकाउँदा दीपकले ४–ओभर ७४ को नतिजा निकाले ।
३६ होलको समाप्तीमा १४–ओभर १ सय ५४ स्कोर गर्ने २१ प्रो र ५ एमेच्योरले कट बनाउँदै अन्तिम १८ होलको प्रतिस्पर्धामा स्थान सुरक्षित गरेका छन् । प्रोहरू देउराज पाख्रीन, सबिन सापकोटा, दिनेश प्रजापति, बलभद्र राई, जयराम श्रेष्ठ, प्रदीप कुमार लामा, रमेश अधिकारी, पशुपति शर्मा, दल बहादुर लामा र सुमन सापकोटाले कट बनाएका छन् ।
एमेच्योरतर्फ युवराज भुजेल शीर्षस्थानमा रहेका छन् । उनले आज ३–ओभर ७३ मा खेल सकाए पनि समग्रमा २–ओभर १ सय ४२ को स्कोरमा गजेन्द्र गुरूङलाई ३ स्ट्रोकले पछि पारे। समग्रमा ५–ओभर १ सय ४५ स्कोर गरेका गजेन्द्रले दोस्रो दिनको खेल १–ओभर ७१ मा पुरा गरे। समग्रमा १–ओभर १ सय ४६ सहित सुन्दर राई तेस्रो स्थानमा छन आज उनले १–अन्डर ६९ को स्कोर दर्ज गरे। यस्तै पदम हाङ र सुमन परियारले पनि कट बनाएका छन् ।
यो सिजनको पहिलो उपाधि जित्ने दाउमा रहेका शुक्रले दोस्रो दिनको सुरूवात राम्रो गरे। फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे । फ्रन्ट नाइनमा उनले चार बर्डीको सफलता प्राप्त गरे । तेस्रो होलमा एक सट बचाएका उनले पाँचौ देखि सातौं होलसम्म लगातार ३ बर्डी प्रहार गरे।
चौथो र नवौं होलमा भने एक–एक सट खेर फाले। यसपछि ब्याक नाइनमा शुक्रले खराब प्रदर्शन गरे । १०औं,१४औं र १७औं होलमा बोगी खेप्दा ब्याक नाइन ३–ओभर ३७ मा पुरा गर्न बाध्य भए। ब्याक नाइनको यही खराब प्रदर्शनमा शुक्रले नीरज तामाङ विरूद्ध अग्रता बढाउन सकेनन् ।
नीरजले भने फ्रन्ट नाइनमा खेल बिगारे। बोगीबाट दिनको सुरूवात गरे। यसपछि दोस्रो र छैटौं होलमा बर्डी प्रहार पनि गरे। तर चौथो होलको डबल बोगी र सातौं होलको बोगीले फ्रन्ट नाइन २–ओभर ३८ मा पुरा गरे। ११औ होलमा डबल बोगीको सामना गरे। तर यसपछि भने नीरज सम्हालिए। १२औं, १५औं र १८औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन १–अन्डर ३३ मा सकाए।
भुवनले फ्रन्ट नाइन इभन–पार ३६ मा पुरा गरे। दोस्रो र छैटौं होलको बोगीका विरूद्ध पाँचौं र आठौं होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा भने १०औं, ११औं र १४औं होलमा एक–एक सट खेर फाल्दा १२ औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन २–ओभर ३६ मा सकाए।
कुल ८ लाख ४० हजार पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, दोस्रो ९६ र तेस्रो ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन् । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । पिजिए नेपालद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]