2 years ago
January 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट कलेजले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।
तेस्रो दिन आइतबारको पाँचौं तथा अन्तिम खेलमा एन्जल्स हार्टके धादिङ स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराएको हो। आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा एन्जल्स हार्ट २५-११,२५-२३, २५-१८ ले विजयी भएको छ ।
आज धादिङ र एन्जल्स हार्ट दुबै टोलीले दुई खेल खेलेका छन् । आइतबार अन्य खेलमा त्रिभुवन आर्मी क्लब, एपिएफ, चन्द्रागिरी नगरपालिका महिला भलिबल टिम र पहिलो खेलमा धादिङ विजयी भएका थिए।
विभागीय डर्बीमा आर्मीले नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको थियो । प्रतिस्पर्धात्मक तेस्रो र चौथो सेटमा उच्च प्रर्दशनका साथ आर्मीले पुलिसलाई २५-१९,१२-२५,२५-२३,३०-२८ ले हराएको हो । आर्मीकी आरती सुवेदीको प्रदर्शन प्रभावशाली रह्यो र उनै खेलको प्लेयर अफ दि म्याच बनिन् ।

अघिल्ला दुई खेलमा आर्मी न्यु डायमण्डसँग ३-२ र एपिएफसँग ३-१ ले पराजित भएको थियो। पुलिसले पहिलो खेलमा जावलाखेल भलिबल ट्रेनिङ क्लब र अर्कोमा एन्जल्स हार्ट कलेजलाई हराएको थियो।
सबै ३ खेल जित्नेमा एपिएफ र न्यु डायमण्ड मात्र छन्।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगितामा एपिएफले जावलाखेललाई ३-० ले हराएको थियो ।
एपिएफले २५-१, २५-३,२५-८ ले सहजै जितेको थियो। पहिलो सेटमा एपिएफले १७ अंक जोडेपछि जावलाखेलले पहिलो अंक बटुलेको थियो। त्यो पनि एपिएफको गल्तिमा जावलाखेले अंक जोडेको हो । जावलाखेलको त्यो तेस्रो हार हो ।
९ अंकसहित एपिएफ शीर्षस्थानमा छ। न्यु डायमण्न्डको ८ अंक छ । धादिङ स्पोर्टस क्लब , पुलिसको समान ६ , आर्मीको ४ र एन्जल्स हार्टको ३ अंक छ ।
त्यसअघि न्यु डायमण्डले एन्जल्स हार्ट कलेजलाई २५–१३,२५–८, २५–९ को सोझो सेटले हराएको थियो ।
न्यु डायमन्डले यसअघि पहिलो खेलमा आर्मी र अर्को खेलमा बागमती प्रदेशलाई हराएको थियो ।

आइतबारको पहिलो खेलमा धादिङले बागमतीलाई २५–८, २५–१३,२५–१२ ले हराएको थियो। बागमतीले लगातार तेस्रो खेल गुमाएको छ ।
ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल, आर्मी , न्यु डायमण्ड , धादिङ र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।
पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]