2 years ago
February 9, 2024
सुमन अधिकारी, बुटवल
मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजनामा रुपन्देहीमा नवौ मणिमुुकुन्द कप राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता–२०८० आज सुरु हुँदैछ ।
प्रदेश खेलकुद परिषद, लुम्बिनीको मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन रहेको प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशकाबीच हुने छ भने दोस्रो खेलमा लुम्बिनी प्रदेश र एपिएफ क्लब भिड्ने छन् ।
बिहीबार प्रतियोगिता आयोजना स्थल तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित खेल मैदानमा भएको टेक्निकल मिटिङ्बाट टाई सिट सार्वजनिक गरिएको थियो । नेपाल भलिवल संघका रेफ्री कमिस्नर पूर्ण प्रसाद चौलागाईले प्रतियोगिताको टाई सिट सार्वजनिक गरे।
लिग कम नकआउटका आधारमा खेलाईने
प्रतियोगितामा सहभागि १० टिमलाई दुई समूह राखिएको छ । पुसमा सुर्खेतमा सम्पन्न ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितालाई आधार मानेर मणिमुकुन्द कपको खेल तालिका तयार पारिएको बताइएको छ।

राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिसले उपाधि जितेको थियो। एपिएफ दोस्रो, गण्डकी प्रदेश तेस्रो र त्रिभुवन आर्मी क्लब चौथो भएको थियो। समूह एमा पुलिस, आर्मी राखिएको छ । त्यसपछि सोहि पोलमा गोला प्रथाबाट मधेस प्रदेश, कोशी प्रदेश र सुदुरपश्चिम परेका छन् । एपिएफ, गण्डकी प्रदेशसंगै आयोजक लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र बाग्मती प्रदेश परेका समूह ‘बी’ मा छन्।
मैदानमा करिब ३ हजार दर्शक अट्ने अस्थायी प्याराफिट तथा कोर्ट निमार्ण गरिएको छ । मैदानलाई आर्कषक रुपमा सजाउने र सुरक्षाको प्रबन्धका लागि आवश्यक सबै काम भएको क्लबले जनाएको छ ।
बुटवलमा करिव १६ वर्षपछि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको हुँदा भलिवल खेल प्रेमीहरुले प्रतीक्षा गरेको क्लबका अध्यक्ष लोकेन्द्र बहादुर भण्डारी बताए।
बुटवलमा २०६४ मा २६ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भएको थियो । २०७२ मा १९ औं राष्ट्रिय महिला भलिबमल प्रतियोगिता आयोजना भएको थियो । त्यसपश्चायत बुटवलमा राष्ट्रिय स्तरको भलिबक प्रतियोगिता आयोजना हुन सकेको थिएन ।
बुटवलमा पहिलो पटक राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दा रुपन्देही भलिबक संघका तत्कालीन अध्यक्ष विष्णु कुमार श्रेष्ठ सिमित श्रोत र साधनको उपयोग गर्दै उच्च मनोवलका साथ प्रतियोगिता सफलता पूर्वक आयोजना गरेको सम्झन्छन् ।

रुपन्देहीमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुन लागेको हुदा त्यसको सफल आयोजना गर्नु आयोजक क्लबको लागि चुनौती र अवसर दुबै रहेको प्रतियोगिताको मुख्य प्रायोजक एवं प्रवद्र्धक प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिव जयप्रकास भट्टराई बताए। भट्टराईले प्रतियोगितालाई सबै मिलेर सफल बनाउनुपर्ने जनाउँदै परिषद आफै मुख्य प्रायोजक भएका कारण सबै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको जनाए ।
लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग गुरुङले रुपन्देहीमा राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजना हुन लागेकोमा आफुलाई निकै खुशी लागेको बताउँदै त्यसमा सफल बनाउन लागि पर्ने प्रतिवद्धता जनाए ।
प्रतियोगिताको खेल संयोजक सुरेन्द्र गुरुङले सिमित श्रोत र साधनका बीच प्रतियोगिताको आयोजना गर्ने लक्ष्य बनाएर अगाडि बढेकोमा सहयोगि हातहरु धेरै पाएको भन्दै खुशी व्यक्त गरे ।
प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। । सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता आयोजनामा झन्डै ६० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]