2 years ago
February 11, 2024
सुमन अधिकारी, बुटवल
रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिन आइतबार बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
लगातार दोस्रो खेल जित्ने क्रममा आर्मीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–२०, २५–१३ र २७–२५ मा खेल जितेको हो । पहिलो र अन्तिम सेटमा कोशीले आर्मीमाथि दबाब बनाएको भएपनि सफलता भने हात लागेन ।
प्रतियोगिताको दाबेदार आर्मीले समूह चरणमा अर्को खेलम नेपाल पुलिस क्लब र फागुन २ गते सुदूरपश्चिम प्रदेशसंग गर्ने छ । समुह एमा आर्मीसहित पुलिस, सुदुरपश्चिम, कोशी र मधेश प्रदेश रहेका छन् ।
आइतबार आजै लुम्बिनी प्रदेश र बागमती प्रदेश, पुलिस र मधेश तथा नेपाल एपिएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुनेछ ।
प्रदेश खेलकुद परिषद, लुम्बिनीको मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजनामा शुक्रवारबाट सुरु भएको प्रतियोगितामा सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरि प्रतिप्रस्पर्धा गराइएको छ ।
जसमा समुह ए मा रहेका कोशी प्रदेश र नेपाल आर्मीले समान २ खेलमा जित हात पारेका छन् । पुलिसले १ खेल जितेको छ । यसै मधेश र सुदूरपश्चिम दुबै खेलमा पराजित भएका छन्
त्यसैगरि समुह बी मा रहेको बागमति प्रदेश २ खेल जित्दै शिर्ष स्थानमा रहेको छ । लुम्बिनी प्रदेशले खेलेको २ खेलमा १ मा जितेको छ भने अर्कोमा हार व्यहोरेको छ । सोहि समुहमा रहेको गण्डकिले १ खेल जितेको छ।
कर्णाली प्रदेश खेलेका दुबै खेलमा पराजित भएको छ ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख १ रुपैया, दोस्रोले १ लाख ५० हजार १ रुपैंया, तेस्रोले १ लाख १ रुपैया तथा चौथोले ५० हजार १ रुपैंया पाउनेछन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]