default_image

2 years ago

February 12, 2024

हक्की संघ र नेशनल हस्पिटलबीच सम्झौता

709 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवा सम्बन्धि सम्झौता भएको छ ।

हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले हक्की संघमा आबद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेडिकल निर्देशक डा.पौडेलले खेलाडीहरुको उपचारका सम्बन्धमा अस्पताल सदैव साथमा रहने बताउँदै ढुक्क भएर खेलमा केन्द्रित हुन आग्रह गरे ।

‘अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडीलाई दिने उपचार सेवामा जोडिनु पाउनु हाम्रो लागि खुशीको कुरा हो । खेलाडीहरुलाई सहयोग पुगोस् भन्ने हाम्रो प्रयास हो,’ निर्देशक डा. पौडेलले भने, ‘म खेलाडीहरुलाई ढुक्क भएर खेलमा केन्द्रित हुन आग्रह गर्दछु ।’

हक्की संघकी महासचिव श्रेष्ठले सम्झौताका लागि अस्पताललाई धन्यवाद दिदै भनिन्, ‘खेल र ट्रेनिङका दौरान खेलाडी घाइते हुन्छन् । आर्थिक समस्याका कारण चिन्ता लिएर खेल्नुपर्ने अवस्था छ । अस्पताल उपचारका लागि अगाडि बढेकाले चिन्ता हटेको छ हामी ढुक्क भएका छौ।’

श्रेष्ठले अस्पताल र संघको सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । उक्त कार्यक्रममा संघका सचिव अशिम शर्मा लगायत अन्य सदस्य तथा प्रदेश जिल्लाका पदाधिकारी सदस्यहरूको उपस्थिति रहेको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.